आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गृह जिल्ला पुगेर गृहमन्त्री खाणले दिए यस्तो अभिव्यक्ति, देशैभर तरंग  

गृह जिल्ला पुगेर गृहमन्त्री खाणले दिए यस्तो अभिव्यक्ति, देशैभर तरंग  

  • मिडिया डबली
  • शनिवार, आश्विन ८ २०७९

  • 8.5K
    SHARES

  • गृह जिल्ला पुगेर गृहमन्त्री खाणले दिए यस्तो अभिव्यक्ति, देशैभर तरंग  

    रुपन्देही– गृहमन्त्री बालकुष्ण खाणले मंसिर ४ मा हुने निर्वाचनका लागि प्रतिस्पर्धा गर्ने नेताहरूमा त्यागको भावनासमेत हुनुपर्ने बताएका छन्। भैरहवामा रहेको शान्ति बुद्ध गुम्बा छात्रावास भवनको आज उद्घाटन गर्दै गृहमन्त्री खाणले अहिले निर्वाचनमा उम्मेदवार हुन नेताहरूमा प्रतिस्पर्धा भइरहेको र सबैलाई टिकट दिन नसकिने हुँदा बुद्धले झैं त्याग गर्न पनि सक्नु पर्ने बताए।

    ‘बुद्धको शिक्षा आत्मसात् गर्नुपर्ने सबैको दायित्व रहेको छ। यो संवेदनशील बेलामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नुपर्ने, नयाँ जनादेशले नयाँ राजनीतिक उचाइ छुनुपर्ने सङ्कल्पमा आफ्नो भूमिकाको खोजी गर्नु स्वाभाविक हो,’ उनले भने। कहिलेकाहीँ मुलुकका लागि, विचारका लागि एक कदम पछाडि हट्नु सबैका लागि हितकर हुने उनको भनाइ छ।

    मन्त्री खाणले सिद्धार्थ गौतमले पनि त्याग नगरेको भए बुद्ध बन्न नसक्ने जिकिर गर्दै अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्ने जिकिर गरे । मानव जीवनको सुरुआतमा खराबी भए पनि अन्तिममा शान्ति मार्गमा लाग्नुपर्ने बुद्धको शिक्षा अहिले पनि उत्तिकै अपरिहार्य रहेको बताए।

    कार्यक्रममा लुम्बिनी प्रदेशका ग्रामीण, सहरी विकास एवम् पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय स्थलको प्रवद्र्धनमा सरकार लागेको बताए। यसका साथै प्रदेशमा रहेका विभिन्न धार्मिकस्थलको विकास र यसको प्रवद्र्धनमा प्रदेश सरकारले लगानी गरिरहेको उनको भनाइ थियो।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण १० २०७९१०:३२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend