काठमाडौं - अहिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाअभियोगको सामना गरिरहेका छन् । प्रधानन्यायाधीशमा रहँदा उनले गरेका कार्यसम्पादनका विषयलाई लिएर संसदमा महाअभियोग दर्ता भएको थियो ।
उनीसँग महाअभियोग सिफारिस समितिले बयान लिइसकेको छ । आज पनि बयान जारी रहनेछ । चोलेन्द्रमाथि लागेको एउटा आरोप सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई जन्मकैदको सजाय घटाएर रिहाइ गर्नु पनि रहेको छ ।
जबराकै फैसलाबाट कोइरालाले श्रीमती हत्या सजायमा उन्मुक्ति पाएका थिए । कोइरालाले श्रीमती गीता ढकाललाई हत्या गरेर मकवानपुरको दामनस्थित जंगलमा लगेर जलाएका थिए ।
कोइरालाको तर्फबाट हालका कानुनमन्त्री गोविन्द शर्मा बन्दीले बहस गरेका थिए । कानुनको छिद्र खोजेर अधिवक्तासमेत रहेका बन्दीले कोइरालालाई छुटाउन महत्वपूर्ण भूमिका खेलेका थिए । बन्दीको बहसपछि निलम्बित प्रधानन्यायाधीश जबराले कोइरालाले पाएको सजाय घटाएका थिए ।
श्रीमती हत्या आरोपमा जबराले फैलला गर्दा ‘चित्त लागेको’ शब्द परेको थियो । जुन निकै विवादमा परेको थियो । आफूविरुद्ध सजाय घटाइएपछि कोइराला छुटेका थिए । तर, पछि सरकारले पुनरावदेन गरेकाले कोइराला फेरि पक्राउ परे ।
र, अहिले सजाय भोग्न कारागारमा बन्दी जीवन बिताइरहेका छन् । त्यसैले अहिले कानुनमन्त्री बन्दीमाथि नैतिक संकट उत्पन्न भएको छ । त्यसैले उनीमाथि पनि बयान लिनुपर्ने आवाज उठेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।