आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गगन र रामहरिको मिलाप भूमिगत गिरोहलाई मन परेन, खतिवडाद्वारा खण्डन

गगन र रामहरिको मिलाप भूमिगत गिरोहलाई मन परेन, खतिवडाद्वारा खण्डन

  • मिडिया डबली
  • बिहिवार, भाद्र ३० २०७९

  • 9.8K
    SHARES

  • गगन र रामहरिको मिलाप भूमिगत गिरोहलाई मन परेन, खतिवडाद्वारा खण्डन

    काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापा र केन्द्रीय सदस्य रामहरि खतिवडाबीच विवाद निम्ताएर फाइदा लिने समूह सक्रिय बनेको छ। दुई नेताबीच फाटो ल्याएर एउटा समूह फाइदा लिने प्रयासमा रहेको चर्चा कांग्रेस वृत्तमा छ। थापा र खतिवडाबीच विभाजन ल्याउन भूमिगत गिरोहले चलखेल गरेको रहस्य बाहिर आएको छ ।

    खतिवडाको निर्वाचन क्षेत्र ओखलढुंगामा पर्छ । थापाको निर्वाचन क्षेत्र हो–काठमाडौं ४ । खतिवडाका चलखेलका कारण थापा पराजित हुन सक्दैनन्। दुवै नेता कांग्रेसमा लोकप्रिय छन्। दुवै युवा पनि भएकाले थापा जित्दा कांग्रेस र खतिवडा पनि खुसी नै हुन्छन् । थापा र खतिवडा कांग्रेसमा सम्भावना बोकेका युवा नेताहरू हुन् । निर्वाचनको बेला थापा र खतिवडालाई चुकली हालेर स्वार्थपूर्ति गर्ने समूहबाट उनीहरू दुबै सर्तक हुनुपर्छ ।

    स्वार्थी र भूमिगत गिरोहले थापा र खतिवडालाई भिडाउन एक षड्यन्त्रकारी गिरोह लागिपरेको छ। निर्वाचनको मुखमा थापा र खतिवडालाई भूमिगत गिरोहले किन भिडाउन खोजेको हो? प्रश्न गम्भीर छ। महामन्त्री थापा भविष्यमा पार्टी सभापति प्रधानमन्त्री हुन सक्ने सम्भावना बोकेका हुन्। थापाको नेतृत्व कांग्रेस र मुलुक दुवैका लागि सुखद् हुनेछ। थापालाई खतिवडाबाट कुनै खतरा छैन र रहँदैन पनि ।

    खतिवडालाई देखाएर थापा र खतिवडाबीच विभाजन गर्न खोज्ने गिरोहबाट दुबै नेताहरू सर्तक हुनुपर्नेछ । खतिवडाले थापाविरुद्ध लागेको भनेर आएको समाचारको खण्डन गरेका छन् । बिहीबार खतिवडाले ट्वीट गरेर भनेका छन्, ‘नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध रामहरि खतिवडा भन्ने समाचार आयो । यो गलत समाचार हो । म पार्टीको इमान्दार सिपाही हो’, उनले भनेका छन्, ‘पार्टीलाई बलियो बनाउन निरन्तर लागि रहनेछु । नेता र पार्टीलाई कमजोर बनाउन कोही नलागौं । म लाग्दिन । मसबै नेतालाई सम्मान गर्छु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण ५ २०७७११:०९:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend