सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

पटकपटक संविधान उल्लंघन गर्ने ओलीले ‘संविधान दिवस’ मनाउन पैदलयात्रा गर्ने

पटकपटक संविधान उल्लंघन गर्ने ओलीले ‘संविधान दिवस’ मनाउन पैदलयात्रा गर्ने

  • मिडिया डबली
  • बिहिवार, भाद्र ३० २०७९

  • 4.6K
    SHARES

  • पटकपटक संविधान उल्लंघन गर्ने ओलीले ‘संविधान दिवस’ मनाउन पैदलयात्रा गर्ने

    काठमाडौं - एमाले अध्यक्ष केपी ओली लहडमा चल्ने नेता हुन् । अरुको कुरा नसुन्ने, आफूले जे सोच्यो त्यही ठीक भन्ने सोच भएका ओली प्रधानमन्त्री हुँदा पटकपटक संविधानविपरीत निर्णय गरे ।

    २०७७ पुस ५ गते उनले संविधानमै उल्लेख नभए पनि प्रतिनिधिसभा विघटन गरे । ओलीले गरेको निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिइन् । तर उनले गरेको सो निर्णय सर्वोच्च अदालतले खारेज गरिदियो ।

    ओलीले फेरि पनि संविधानको प्रावधानलाई धोती लगाउँदै प्रतिनिधिसभा विघटन गरे । ओलीले पटकपटक संविधानको उल्लंघन गर्न थालेपछि सर्वोच्च अदालतले परमादेश नै जारी गरेर उनलाई प्रधानमन्त्रीबाट पदच्यूत गरिदिएको थियो ।

    कतिसम्म भने ओलीले आफू निकट ५२ जनालाई संवैधानिक अंगमा नियुक्ति दिलाउन संवैधानिक परिषदको ऐन नै संशोधन गर्न अध्यादेश जारी गरे । उनले नियुक्त गरेका संवैधानिक परिषद्का पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्यो ।

    जुन अहिले पनि सर्वोच्चमा विचाराधीन छ । यसरी पटकपटक संविधानको बर्खिलाप गर्ने ओली अहिले लोकलाजलाई देखाउनकै लागि भए पनि संविधान दिवस मनाउने भएका छन् ।

    एमालेले संविधान दिवसको अवसर पारेर असोज १ गते वाकाथन नामक प्रातःकालीन पैदल भ्रमण आयोजना गर्ने भएको छ । संविधान दिवस असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिनअगावै मर्निङ वाक कार्यक्रम राखेको हो ।

    मर्निङ वाककै रुपमा काठमाडौंका पाँच ठाउँबाट पैदलै वसन्तपुर डबली जाने कार्यक्रम छ । एमाले अध्यक्ष ओली नयाँ बानेश्वरबाट पैदल हिँडेर वसन्तपुर डबली पुग्ने भएका छन् ।

    अहिलेको संविधान नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको हो । ओली, प्रचण्डलगायत संविधान जारी नै गर्न चाहँदैनथे ।

    तर अहिले तिनै ओली ओठेभक्तिका लागि संविधान दिवस मनाउन पैदलयात्रामा निस्कने भएका छन् । चुनावमा लोकप्रियता हासिल गर्न ओलीले यस्तो रणनीति अपनाएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend