सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक बिशेष

नसुध्रिएसम्म एमालेका ‘१० भाइ’ ले टिकट नपाउने, ओलीले गरे यस्तो संकेत

नसुध्रिएसम्म एमालेका ‘१० भाइ’ ले टिकट नपाउने, ओलीले गरे यस्तो संकेत

  • मिडिया डबली
  • मंगलवार, भाद्र २८ २०७९

  • 13.5K
    SHARES

  • नसुध्रिएसम्म एमालेका ‘१० भाइ’ ले टिकट नपाउने, ओलीले गरे यस्तो संकेत

    काठमाडौं - निर्वाचन आयोगले आगामी असोज २ र ३ गते समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन कार्यतालिका निकालेको छ ।

    असोज २३ गते प्रत्यक्षतर्फ प्रतिनिधिसभाको उम्मेदवार मनोनयनको तालिका निकालेको छ । सोहीअनुसार दलहरू अहिले धमाधम तल्ला तहबाट उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् ।

    मोटामोटी रूपमा सबैले दलले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । कतै एकल त कतै एउटा निर्वाचन क्षेत्रमा पाँचजनाको नामसम्म सिफारिस भएका छन् । सबैभन्दा ठूलो समस्या अहिले एमालेका ‘१० भाइ’ लाई परेको छ ।

    डेढ वर्षअघि एमालेमा विवाद आउँदा माधवकुमार नेपाललाई अन्तिममा धोका दिएका ‘१० भाइ’ मध्ये एक–दुईबाहेक कसैले पनि टिकट नपाउने भएका छन् । टिकट पाउनेले पनि आफू सुध्रिएको सहीछाप गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीले स्पट रूपमा भनिसकेका छन् ।

    युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, रघुजी पन्त, अमृतकुमार बोहराले अन्तिम समयमा माधव नेपाललाई धोका दिएर ओलीलाई साथ दिएका थिए ।

    अहिले भीम रावलबाहेक कोही पनि एकल सिफारिस भएका छैनन् । रावल भने अछाममा एकल सिफारिस परेका छन् । युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र अमृतकुमार बोहरा सिफारिसमै परेका छैनन् ।

    योगेश, घनश्याम, रघुजी, सुरेन्द्र, गोकर्ण सर्वसम्मत सिफारिस भएका छैनन् । उनीहरूसँगै निर्वाचन क्षेत्रमा अरुको पनि सिफारिस भएका छन् ।

    शनिबार कान्तिपुर कन्क्लेभमा एमाले अध्यक्ष ओलीले ‘१० भाइ’ अनुशासनमा नबसे र फेरि संसद् विघटन गर्दा साथ नदिने भए उनीहरूलाई अहिले टिकट नदिने स्पष्ट पारेका छन् ।

    ‘पार्टीमा अनुशासन कायम हुनुपर्छ । अनुशासन मान्दिनँ भन्न पाइँदैन, सुध्रनु् पर्छ,’ ओलीले भनेका थिए । त्यसैले यसपटक १० भाइको हविगत बिजोग हुने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend