सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसलाई थोरै सिट लिएको भन्दै हेलोहोचो गर्ने ओली राप्रपा र लोसपासँग तालमेल गर्दै, यस्तो छ सिट बार्गेनिङ

कांग्रेसलाई थोरै सिट लिएको भन्दै हेलोहोचो गर्ने ओली राप्रपा र लोसपासँग तालमेल गर्दै, यस्तो छ सिट बार्गेनिङ

  • मिडिया डबली
  • आइतवार, भाद्र २६ २०७९

  • 11.9K
    SHARES

  • कांग्रेसलाई थोरै सिट लिएको भन्दै हेलोहोचो गर्ने ओली राप्रपा र लोसपासँग तालमेल गर्दै, यस्तो छ सिट बार्गेनिङ

    काठमाडौं - पाँचदलीय सत्तारुढ गठबन्धनमा सिट भागबन्डाको सकस परिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमाले पनि गठबन्धन बनाएरै चुनावमा जाने निश्चित भएको छ ।

    एक्लै निर्वाचनमा जाँदा पत्तासाफ हुने भएपछि डरले एमाले लोसपा र राप्रपाको शरणमा पुगेको हो । त्यसका लागि एमाले अध्यक्ष केपी ओलीले लोसपा अध्यक्ष महन्थ ठाकुर र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग निरन्तर संवाद गरिरहेका छन् ।

    स्रोतका अनुसार यही साता एमालेले राप्रपा र लोसपासँग तालमेलमा हस्ताक्षर गर्ने भएको छ । एमालेसँग राप्रपा र लोसपाले २०–२० सिटमा प्रारम्भिक दाबी गरेका छन् ।

    गत बिहीबार साँझ लोसपाका शीर्ष नेताको बैठकमा अध्यक्ष महन्थ ठाकुरले एमालेसँग तालमेलका लागि संवाद भइरहेको ‘ब्रिफिङ’ गरेका थिए । त्यही रात ठाकुर र एमाले अध्यक्ष केपी ओलीबीच बालकोटमा भेटघाट भएको थियो ।

    ठाकुरले तालमेल गर्दा लोसपाले करिब २० सिट पाउनुपर्ने दाबी गरेका थिए । ठाकुर र ओलीबीचको भेटवार्तापछि शुक्रबार मात्रै तालमेलका लागि वार्ता गर्न एमालेबाट विष्णु पौडेल र लोसपाबाट शुक्लले जिम्मेवारी पाएका छन् ।

    शुक्लका अनुसार मधेसमा स्वाभाविक रूपमा लोसपाको राम्रो दाबी हुने भए पनि चाँडै सहमतिमा पुग्न दुवै दल लचिलो भएर संवाद गर्ने तयारी छ ।

    सत्तागठबन्धनका कारण दबाबमा आएको एमालेले जसपासँग अलग्गिएको लोसपासँग सुरुदेखि नै तालमेलको प्रस्ताव गरेको थियो । ७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (हाल लोसपा) ले सप्तरी ३, धनुषा ३, महोत्तरी २ र ३, रौतहट १, बारा ४, पर्सा २ र ४ र कैलाली १ जितेको थियो ।

    यसबाहेक धनुषा २ बाट जितेका तत्कालीन संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया पनि अहिले लोसपामै छन् । उनको क्षेत्र जोड्दा लोसपाले जितेको निर्वाचन क्षेत्र १० पुग्छ ।

    त्यसबाहेक अघिल्लोपटक थोरै मतान्तरले हारेको क्षेत्र सप्तरी ४ र सर्लाही २ पनि उसको दाबी छ । अहिले आफ्नो जनाधार राम्रो रहेको भन्दै सर्लाही २ र ४, बारा १, पर्सा १, रुपन्देही ३ र ४, कपिलवस्तु १ र ३, सुनसरी ४, मोरङ १, ५ र ६ मा पनि लोसपाले दाबी प्रस्तुत गरेको छ । एमालेले राप्रपासँग पनि ठाउँविशेष तालमेल गर्ने भएको छ । राप्रपाले करिब २० ठाउँमा आफूलाई सघाउन प्रस्ताव गरेको छ ।

    राप्रपाले झापामा अध्यक्ष राजेन्द्र लिङ्देन, रुपन्देहीमा दीपक बोहरा, बाँकेमा धवलशमशेर राणा, सिन्धुपाल्चोकमा पशुपतिशमशेर राणा, नुवाकोटमा प्रकाशचन्द्र लोहनी, चितवनमा विक्रम पाण्डे, म्याग्दीमा जगत गौचन, जुम्लामा ज्ञानेन्द्र शाही, दैलेखमा कुन्ती शाहीको क्षेत्रमा एमालेसँग तालमेल गर्न तयार भएको छ ।

    राप्रपाले पनि एमालेको साथ पाएको अवस्थामा प्रत्यक्षतर्फ कम्तीमा पाँच सिट जित्ने, समानुपातिकमा थ्रेसहोल्ड कटाउने र संसद्मा राष्ट्रिय मान्यता पाउने विश्लेषण गरेको छ ।

    एमाले पनि झापामा अध्यक्ष केपी ओली, रुपन्देहीमा विष्णु पौडेल र घनश्याम भुसाललगायतको क्षेत्रमा तालमेल गर्न सकारात्मक भएको छ । खासगरी एमालेले आफ्नो अग्रता र राप्रपाको बलियो प्रभाव रहेको क्षेत्रमा तालमेल गर्न चाहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend