काठमाडौं - बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ । एलिजाबेथ द्वितीयाको स्कटल्यान्डको बाल्मोरल दरबारमा निधन भएको बकिंघम प्यालेसले जनाएको छ ।
सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष थिइन् । उनले ७० वर्षसम्म शासन गरेकी थिइन् । उनको निधनपछि जेठा छोरा चाल्र्स राजा बन्दै छन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेका छन्। एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको देउवाले उल्लेख गरेका छन्।
‘रानीका सन १९६१ र सन १९८६ मा भएका दुई राजकीय भ्रमणलाई नेपालमा सादरपूर्वक स्मरण गरिन्छ,’ देउवाले एलिजाबेथका नेपाल भ्रमणको चर्चा गर्दै ट्विटमा भनेका छन्।
एलिजाबेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन् १९६१ मा र राजा वीरेन्द्रको राज्याभिषेकमा सन १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।