आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

चुनावको मुखमा प्रचण्ड र जनार्दन शर्माको बाझाबाझले माओवादी पत्तासाफको दिशामा

चुनावको मुखमा प्रचण्ड र जनार्दन शर्माको बाझाबाझले माओवादी पत्तासाफको दिशामा

  • मिडिया डबली
  • बिहिवार, भाद्र २३ २०७९

  • 5.5K
    SHARES

  • चुनावको मुखमा प्रचण्ड र जनार्दन शर्माको बाझाबाझले माओवादी पत्तासाफको दिशामा

    काठमाडौं - महाधिवेशन भएको आठ महिनापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी मनोनयन गरे । आफ्नो खल्तीबाट नाम झिक्दै भटाभट बाँडे । कल्पनै नगरेकाले महत्वपूर्ण पद पाए ।

    ज–जसले जे अपेक्षा गरेका थिए, त्यो पाएनन् । पदाधिकारी मनोनयनलाई लिएर माओवादीभित्र कसरी भुसको आगो झैं असन्तुष्टि बढिरहेको छ भन्ने बुधबार सबैले थाहा पाए । काठमाडौंमा आयोजित क्रान्तिकारी फोर्स गठन कार्यक्रममा प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्माबीच तीव्र घोचपेच चल्यो ।

    आफूलाई महासचिव नबनाएको झोक शर्माले प्रचण्डलाई राम्रैसँग दिए । जवाफमा प्रचण्डले पनि जनार्दनलाई हुर्काउन र बढाउन आफ्नो ठूलो भूमिका रहेको भन्दै धेरै मात्तिए पखेंटा काटिन सक्ने चेतावनी दिए ।

    पार्टीका शीर्ष नेताबीचको घोचपेचले आगामी निर्वाचनमा माओवादीमा ठूलै अन्तर्घात हुने संकेत देखिएको छ । आफूलाई उपमहासचिव बनाइएपछि असन्तुष्ट शर्माले सार्वजनिक कार्यक्रममै उक्त पद अस्वीकार गरेका छन्।

    बुधबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित अनेरास्ववियुको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा उनले आफू उपमहासचिव नभइ संगठन विभागका तर्फबाट धारणा राख्ने बताए। जुन कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए।

    मञ्चमा उक्लिँदै गर्दा कडा स्वभावका शर्माले भावुक हुँदै केही लाइन सुनाएः प्रचण्डको आफूले रक्षा गरे पनि त्यसको प्रतिफल नपाएको गुनासो शर्माले गरे। कसैले बहकाएर आफूले महासचिव नपाएको संकेत गर्दै भने, ‘हामीले लाइनको कुरा सुनेर संगठनमा निर्णय गर्ने होइन। स्वार्थपूर्ति गर्न नेतृत्वलाई बहकाउन सक्छन् कसैले।

    म नीति र नेतृत्वलाई सधैंभरि रक्षा गर्ने मान्छे हुँ। सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो। नीति र नेतृत्व पनि सही ढंगले बढ्नुपर्छ भन्ने मेरो मान्यता हो।’ जनार्दनले जवाफको अपेक्षा गरेपछि प्रचण्डले भने, ‘जनार्दनले जाँदाजाँदै नीति र नेतृत्वको रक्षाको कुरा गर्नुभयो।

    जनार्दनलाई रक्षा गर्न र हुर्काउन प्रचण्डको मुख्य भूमिका हो।’ महासचिवका लागि सवैभन्दा तीव्र लविइङ वर्षमान पुन र जनार्दन शर्माको रह्यो। तर, पुन र शर्माबीचको टक्कर यति चर्को देखियो कि प्रचण्डले देव गुरुङलाई महासचिव बनाए ।

    कुनै पदमा दाबी नगरेका गुरुङ महासचिव बनाइएपछि तीव्र आकांक्षा पालेका शर्मा असन्तुष्ट छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष ६ २०७७१०:४९:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend