काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सिफारिस भएका छन्।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ क्षेत्रीय समितिले आइतबार सर्वसम्मत रुपमा कार्कीलाई एकल उम्मेदवारका रुपमा सिफारिस गरेको हो।
२०७४ सालको निर्वाचनमा पनि कार्की सुनसरी ४ बाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। नेकपा एमाले र माओवादी केन्द्र (वाम गठबन्धन) का उम्मेदवारलाई पराजित गर्दै कार्की सांसद निर्वाचित भएका थिए।
कांग्रेसका तर्फबाट कार्कीले ३२ हजार ३४७ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्द्वी वाम गठबन्धनबाट साझा उम्मेदवार एमालेका रमेश श्रेष्ठले २५ हजार ७५० मत प्राप्त गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।