काठमाडौं । मंसिर ४ मा हुने निर्वाचनका लागि नेकपा एमालेले सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ। १० वटै क्षेत्रका क्षेत्रीय कमिटी जिल्ला कमिटीलाई नाम सिफारिस गरेका हुन्।
सबै क्षेत्रबाट सम्भावित उम्मेदवारको सिफारिस हुँदा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र दुई पटक निर्वाचन जितेका रामवीर मानन्धर भने अटाएका छैनन्। रघुजी पन्त र कृष्णगोपाल श्रेष्ठलगायत केन्द्रीय राजनीतिमा सक्रिय नेताहरू सिफारिसमा परेका छन्। काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यको नाम दुई क्षेत्रबाट सिफारिस भएको छ।
काठमाडौं–२ बाट मणिराम फुयाँल, काठमाडौं–३ बाट कृष्ण राई, काठमाडौं–५ ईश्वर पोखरेल र काठमाडौं–८ बाट राजेश शाक्यको मात्र नाम सिफारिस भएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।