सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

ओलीले ३१ रुपैयाँको सिक्का उपहार दिएपछि रवीन्द्र मिश्र दंग

ओलीले ३१ रुपैयाँको सिक्का उपहार दिएपछि रवीन्द्र मिश्र दंग

  • मिडिया डबली
  • सोमवार, भाद्र १३ २०७९

  • 3.6K
    SHARES

  • ओलीले ३१ रुपैयाँको सिक्का उपहार दिएपछि रवीन्द्र मिश्र दंग

    काठमाडौं । पाँच वर्षअघि साझा पार्टी खोलेर चर्चामा आएका रवीन्द्र मिश्र अहिले पार्टीविहीन छन् । साझा पार्टी विवेकशील पार्टीमा लगेर गाभेपछि उनी केही अघिसम्म विवेकशील साझा पार्टीको अध्यक्षका रूपमा थिए । तर, वैकल्पिक पार्टी भनेर सबैलाई भ्रम छर्दै अन्तिममा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रवक्ता बनेपछि मिश्रको राजनीतिक हाइट रसातलमा पुगेको हो ।

    नेपालमा फेरि राजतन्त्र स्थापना गर्नुपर्ने घोषणासहित उनी अघि बढेका छन् । कुनै समय बीबीसी नेपाली सेवामा बसेर करोडौं कमाउने पत्रकार अहिले राजनीतिमा लागेर यता न उताका भएका छन् । उनकै लहडका कारण विवेकशील साझा पार्टीका दर्जनौं नेताको भविष्य स्वाहा भएको छ । अहिले उनी नितान्त एक्लो छन् । केही समयपछि आमनिर्वाचन हुँदैछ । अघिल्लो पटक काठमाडौं १ बाट उठेर नौ सय मतले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका मिश्र फेरि पनि उम्मेदवार बन्ने मनस्थितिमा छन् । अहिले उनी स्वतन्त्र उम्मेदवार बन्ने प्रयासमा छन् । आफ्नो लोकप्रियता जिरोमा पुगेपछि उनी अहिले सहयोगका लागि एमाले अध्यक्ष केपी ओलीको शरणमा पुगेका छन् ।

    सोमबार बिहान उनी बालकोटस्थित ओली निवास पुगे । करिब अढाई घन्टा ओलीसँग बसेर राजनीतिक छलफल सकेर फर्केका छन् । बालकोट स्रोतका अनुसार मिश्रले यसपटक पनि आफू काठमाडौं १ बाट उठ्न लागेको र सहयोग गरिदिन ओलीसँग आग्रह गरेका थिए । ओलीले आफूलाई नआत्तिन सल्लाह दिएको उनले सार्वजनिक गरेका छन् । मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, ‘तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।’

    मिश्रले हिँड्ने बेला आफूलाई ओलीले चुच्चे नक्शासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रुपैयाँको एक मुठ्ठी सिक्का उपहार दिएको बताए । एक मुठ्ठी सिक्कामा ३१ रुपैयाँको डबल रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend