सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

आफूलाई भावी प्रधानमन्त्रीको निर्णय गराएपछि पाँचतारे होटलमा नाचे ओली

आफूलाई भावी प्रधानमन्त्रीको निर्णय गराएपछि पाँचतारे होटलमा नाचे ओली

  • मिडिया डबली
  • आइतवार, भाद्र १२ २०७९

  • 7.9K
    SHARES

  • आफूलाई भावी प्रधानमन्त्रीको निर्णय गराएपछि पाँचतारे होटलमा नाचे ओली

    काठमाडौं - एमालेले आगामी आमनिर्वाचनमा अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने निर्णय गरेको छ ।

    पार्टीको केन्द्रीय कमिटीको शनिबार सम्पन्न चौथो बैठकले अध्यक्ष ओलीको नेतृत्वमा पार्टीले बहुमत ल्याउने गरी निर्वाचनमा जाने र उनलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने सर्वसम्मत निर्णय गरेको हो ।

    पाँच दलबीच चुनावी तालमेलका लागि सिट बाँडफाँडको अन्तिम कसरत भइरहेका वेला एमालेले पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको हो ।

    केन्द्रीय कमिटी बैठकमा आफूलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने निर्णय गराएपछि ओलीले बानेश्वरस्थित एभरेस्ट होटेलमा रात्रिभोज दिएका थिए ।

    जसमा महिला नेतृहरूसहित पार्टीका धेरैजसो नेता सहभागी थिए । कार्यक्रममा ओलीले हार्मोनियम बजाएर स्वागत गरे, गिटार पनि बजाए । महिला नेतृहरूसँगै ओली पनि केही बेर नाचे का थिए । तेस्रोपटक प्रधानमन्त्री बन्ने भन्दै उनी खुसी देखिएका थिए ।

    श्रीमती राधिका शाक्यलाई छेउमै राखेर उनले गिटार बजाएका थिए । ओलीलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेर एमालेले पार्टीमा सो पदका लागि अन्य नेता नभएको पुष्टि पनि गरेको छ । कम्युनिस्ट पार्टी विचारले चल्नुपर्नेमा नेताअनुसार चलेको भन्दै आलोचना सुरु भएको छ ।

    प्रधानमन्त्रीका रूपमा असफल व्यक्तिलाई फेरि अगाडि सारिएको धेरैको भनाइ छ । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरू प्रधानमन्त्रीका रूपमा केपी ओलीलाई अगाडि सार्दा एमालेलाई चुनावमा कुनै फाइदा नहुने निष्कर्षमा छन् ।

    पार्टीमा सर्वैसर्वा रहेकाले ओली आफूले आफैँलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेका गठबन्धन दलका नेताको टिप्पणी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend