सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

एमालेका छुट्टाछुट्टै नीतिः बाहिर एक्लै चुनावमा जाने प्रचार, भित्र - भित्र यस्तो खेल !

एमालेका छुट्टाछुट्टै नीतिः बाहिर एक्लै चुनावमा जाने प्रचार, भित्र - भित्र यस्तो खेल !

  • मिडिया डबली
  • शनिवार, भाद्र ११ २०७९

  • 4.1K
    SHARES

  • एमालेका छुट्टाछुट्टै नीतिः बाहिर एक्लै चुनावमा जाने प्रचार, भित्र - भित्र यस्तो खेल !

    काठमाडौं - सत्तारुढ दलहरुले एमालेविरुद्ध गठबन्धन गर्ने भनिरहेका बेला एमाले भने निर्वाचन केन्द्रीत हुन थालेको छ । एमाले केन्द्रीय कमिटीको बैठकबाटै कार्ययोजना बनाउदै गाउँ जाने अभियानमा लागेको छ ।

    अहिलेको अवस्थामा एमालेलाई थोरै मतको आवश्यक रहेको जनाउँदै सो मत बढाउन आवश्यक रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको मत बढाउन एमाले अध्यक्ष ओलीले ६ योजना अघि सारेका छन् ।

    आफ्नो शक्तिमाथिको विश्वास बढाएर गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुने, नयाँ पुस्तालाई ध्यान दिने, एमाले सरकारले गरेका कामको प्रचार गर्नेलगायत अध्यक्ष ओलीले योजनाहरु अघि सारेका छन् ।

    ‘मतदाता नामावली अद्यावधिक गर्ने र दोहोरिएका नामहरू हटाउन निर्वाचन आयोगको ध्यानाकर्षण र पहल गर्ने, आमजनसमुदायमा पार्टीका नीति र एजेन्डाको व्यापक प्रचार गर्ने, एमाले सरकारले गरेका कामको सशक्त प्रचार गर्ने, आफ्नो शक्ति र सामर्थ्यमाथिको आत्मविश्वास बढाउने, गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुने, हामीलाई बहुमतका लागि आवश्यक पर्ने करिब १६ प्रतिशत मत अपुग छ । त्यसलाई वृद्धि गर्न सकिन्छ र यसका लागि ठोस योजनाका साथ अगाडि बढ्ने, नयाँ पुस्तामा विशेष ध्यान दिने’ उल्लेख गरिएको छ । तर बैठकपछि एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले वाम गठबन्धनको संभावना भने कायमै रहेको बताए ।

    उनले बैठकमा यसबारे छलफल हुने जानकारी दिए । ‘वाम मगठन्धन हुने संभावना सकिएको छैन, छलफल हुन्छ बहस हुन्छ अहिले नै संभावना सकिएको भने छैन’, प्रचार विभाग प्रमुख गुरुङले भने ।

    छिमेकी राष्ट्र चीनले पनि वाम गठबन्धनमा जोड दिँदै आएको छ । यसअघि २०७४ सालको निर्वाचनमा एमाले–माओवादी केन्द्रको चुनावी एकता पनि चीनले नै गराइदिएको थियो । चीनकै जोडबलमा २०७५ सालमा एमाले र माओवादीबीच पार्टी एकता भइ नेकपा बनेको थियो । तर आपसरी असमझदारी बढ्दै गएपछि टुक्रिएका थिए । एमाले र माओवादी मात्र टुक्रिएनन् कि एमालेबाट नेकपा एस पनि टुक्रियो ।

    तर अहिले फेरि एमाले–माओवादी–नेकपा एसलाई मिल्ने दवाव चीनले दिइरहेको छ । स्थानीय तहको निर्वाचनअघि पनि चिनियाँ टोली आएको थियो । त्यतिबेला एकता सम्भव भएन ।

    अहिले फेरि प्रतिनिधि सभामा पार्टी नै एकताका लागि पहल भइरहेको बुझिन्छ । सके पार्टी एकता र नसके चुनावी एकताको चाँजोपाँजो भइरहेको एमालेका एक पदाधिकारीले बताए ।

    यसका लागि दबाब फेरि चीनकै छ । चिनियाँ विदेशमन्त्री नेपाल आएको चार महिना नबित्दै चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ग अर्को महिना नेपाल आउने स्रोतको दाबी छ । नेपालमा चिनियाँ नेताहरुको सक्रियता बढिरहेका बेला चिनियाँ प्रधानमन्त्री नेपाल आउन लागेको स्रोतको दाबी छ ।

    यसैगरी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गरी सुझाव पेस गर्न ९ वटा समूह बनाइएको छ । सातवटा प्रदेश र जनसंगठन तथा प्रवासका अलग–अलग समूहमा प्रतिवेदनमाथि छलफल हुने र शनिबारको बैठकले सुझावसहित प्रतिवेदन पारित गर्ने भएको छ ।

    प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार सम्बन्धित प्रदेशका अध्यक्षहरूलाई टोली नेता बनाएर छलफल शुरू भएको छ । अध्यक्षको प्रतिवेदनले आगामी निर्वाचसम्मको पार्टीको कार्यदिशा समेत तय गर्ने उपप्रमुख रिजालले जानकारी दिए ।

    अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै अमृत बोहरा, अनुशासन आयोगको प्रतिवेदन, लेखा आयोग, सल्लाहकार परिषद्को प्रतिवदेनमाथि पनि छलफल हुनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend