बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओलीले प्रदेश प्रमुख बनाएका अहिराजले गरेका रहेछन यस्तो फट्याँइ, कांग्रेसी वडाध्यक्षले लिए कडा कडा एक्सन 

ओलीले प्रदेश प्रमुख बनाएका अहिराजले गरेका रहेछन यस्तो फट्याँइ, कांग्रेसी वडाध्यक्षले लिए कडा कडा एक्सन 

  • मिडिया डबली
  • सोमवार, भाद्र ६ २०७९

  • 7.5K
    SHARES

  • ओलीले प्रदेश प्रमुख बनाएका अहिराजले गरेका रहेछन यस्तो फट्याँइ, कांग्रेसी वडाध्यक्षले लिए कडा कडा एक्सन 

    काठमाडौं । मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश झा (अहिराज)लाई काठमाडौं महानगरपालिका वडा नम्बर १० ले पत्र काटेको छ। धोबीखोला किनारको जग्गा हडपेर घर बनाएको भन्दै वडा कार्यालयले पूर्वप्रमुख झालाई पत्र काटिएको हो। 

    वडाध्यक्ष रामकुमार केसीले १५ दिनभित्र सप्रमाण उपस्थित हुन झालाई पत्र लेखेका छन्। झाले काठमाडौं महानगरपालिका-१० देवीनगरस्थित धोबीखोला करिडोरको सिट नम्बर १०२-११४६-०२ को कित्ता नम्बर ४३१ को सरकारी जग्गा हडपेर २ तले घर बनाई भाडामा लगाएका छन्। 

    ‘काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित सिट नम्बर १०२-११४६-०२ को कित्ता नम्बर ४३१, ४३२, ७३८ र ७३९ को सरकारी/सार्वजनिक जग्गा अतिक्रमण गरी घर/टहरा र कम्पाउन्डसमेत निर्माण गरेको भन्ने उजुरी परी यथार्थ विवरण पेस गर्न पत्रचार भएकोले उल्लेखित कित्ता नम्बरका जग्गा सरकारी/सार्वजनिक हो/होइन? साथै तपाईंले अतिक्रमण गरी घर/टहरा/कम्पाउण्ड निर्माण गर्नुभएको छ/छैन?,' वडाध्यक्ष केसीले झालाई काटेको पत्रमा उल्लेख छ, 'सो सम्बन्धमा बुझ्नुपर्ने भएकोले तपाईंसँग जग्गासम्बन्धी भएका प्रमाणसहित १५ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन अनुरोध गर्दछु। त्यस उप्रान्त कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी गराउँछु।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend