काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अनागरिकलाई नागरिकता दिन नागरिकता विधेयक ल्याउनु परेको बताएका छन्। सोमबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वकै सरकारले ल्याएको विधेयक र अध्यादेश अनुसारनै सो विधेयक ल्याइएको दाबी समेत गरे।
गृहमन्त्री खाँणले बुबाआमा नागरिक भएर पनि सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्न पनि सरकारले सो विधेयक ल्याएर उनीहरुलाई नागरिकता दिलाउन सार्थक प्रयत्न गरेको उल्लेख गरे। संवैधानिक व्यवस्थाअनुसार गैरआवासीय नेपाली नागरिकहरुलाई नागरिकता दिने व्यवस्था गर्नुपरेको उनको भनाइ छ। विधेयकमा महिलाको स्वाभिमानमाथि चोट पुर्याउने कुनै पनि प्रावधान नभएको उनको दाबी छ।
‘नेपाली नागरिक हुँदाहुँदै पनि अनागरिकको जीवन जीउनु परेका व्यक्तिले विश्वविद्यालयमा भर्ना पनि सहजतापूर्वक पाएनन्...,’ उनले भने, ‘नेपाली नागरिकता पाउने हक भएका तर नागरिकता नपाएकाहरुलाई नागरिकता दिन सकियोस् भन्नेमा सरकारको सार्थक प्रयत्न हो।’
मन्त्री खाणले बुबाआमा दुवै नभएका बालबालिकाहरुको नागरिकता वडा तहका जनप्रतिनिधिले सिफारिस नगरी लिन नपाउने व्यवस्था सो विधेयकमा गरिएको उल्लेख गरे।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।