काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप गिरिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रजवलन एवं प्रार्थना गरिएको छ ।
कांग्रेस बागमती प्रदेशले शनिबार साँझ काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा गिरिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन एवं प्रार्थना कार्यक्रम गरेको हो ।
कांग्रेस बागमती प्रदेश सभापती ईन्द्रबहादुर बानियाँले कार्यक्रममा सहभागिलाई धन्यवाद दिएका थिए । कांग्रेसका नेता तथा समाजवादी चिन्तक गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार उपचार भइरहेको छ ।
गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना अघि नेपाल फर्किएका थिए।
घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । डा पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्नछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।