सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक बिशेष

नागरिकता विधेयक पास गर्ने दिन ओली किन गए झापा ? यस्तो छ कारण

नागरिकता विधेयक पास गर्ने दिन ओली किन गए झापा ? यस्तो छ कारण

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ३ २०७९

  • 13.3K
    SHARES

  • नागरिकता विधेयक पास गर्ने दिन ओली किन गए झापा ? यस्तो छ कारण

    काठमाडौं - प्रतिनिधिसभाको बिहीबारको बैठकमा नागरिकता विधेयक पास गर्ने कार्यसूची बुधबार नै सार्वजनिक भएपछि एमाले अध्यक्ष केपी ओली निकै तनावमा परे ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएपछि सत्तारुढ दलले प्रमुख दलहरूसँग संवाद नगरेपछि बिहीबारकै बैठकमा पास हुनेमा ओली निश्चिन्त थिए ।

    त्यही भएर उनले बुधबार राति ओलीले एकाएक झापा जाने रणनीति बनाए । बिहीबार बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको थियो । त्यसअघि नै ओली झापा पुगे । जबकि झापामा एमालेका कुनै पनि कार्यक्रम थिएन ।

    नागरिकता विधेयकबारे प्रतिनिधिसभा बैठकमा हुने छलफल छल्नकै लागि ओली झापा पुगेको विधेयक निर्णयार्थ पेस हुँदा खसेको मत र अनुपस्थित सांसद संख्याले पनि पुष्टि गर्छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको संसद् बैठकमा नागरिकता विधेयक निर्णयार्थ पेस गर्दा पक्षमा एक सय ३५ र विपक्षमा ६० सांसदले मतदान गरे । जबकि ८० सांसद प्रतिनिधिसभा बैठकमै उपस्थित भएनन् ।

    जसमा ओली पनि पर्छन् । ओली आफैं प्रधानमन्त्री हुँदा नागरिकता विधेयक अध्यादेशमार्फत ल्याएका थिए । गत वर्ष उनैले विधेयक प्रतिनिधिसभा बैठकमा पेस गरेका थिए । अहिले एमाले विधेयकको विरोधमा उभिएको छ ।

    बिहीबारको मतदानमा एमालेसहित ६० सांसदले विपक्षमा मतदान गरे । जबकि एमाले एक्लैका ९७ सांसद छन् । मतदानमा उपस्थित नहुने अधिकांश एमाले सांसद नागरिकता विधेयकको पक्षमा रहेको पुष्टि हुन्छ । किनभने ओली पनि विधेयकको पक्षमै छन् ।

    त्यही भएर उनले आफ्ना केही सांसदलाई चुनावको मसला बनाउन प्रतिनिधिसभा बैठकमा विरोधमा बोल्न लगाएर आफू भने झापा पुगेको नेताहरु बताउँछन् । उनी शनिबारसम्म झापामै बस्ने भएका छन् ।

    आगामी निर्वाचनमा जित्ने अवस्था निकै कमजोर भएकाले पनि ओली बारम्बार झापा पुग्ने गरेको विश्लेषण गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend