आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

जनमत नदेखेपछि प्रदेश सभा निर्वाचनमा जान डराए रवि लामिछाने

जनमत नदेखेपछि प्रदेश सभा निर्वाचनमा जान डराए रवि लामिछाने

  • मिडिया डबली
  • बुधवार, भाद्र १ २०७९

  • 5.0K
    SHARES

  • जनमत नदेखेपछि प्रदेश सभा निर्वाचनमा जान डराए रवि लामिछाने

    काठमाडौं - सञ्चार क्षेत्र छाडेर एकाएक राजनीतिमा होमिएका रवि लामिछाने यतिबेला देशव्यापी दौडाहमा लागेका छन् ।

    प्रमुख सहरदेखि विभिन्न जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तारमा लागेका रवि आगामी निर्वाचनमा जान डराएका छन् । प्रतिनिधिसभा निर्वाचनमा ध्यान केन्द्रित गरेका रविको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने भएको छ। सो पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नजनाउने भएको हो ।

    पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारी मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने लामिछानेले भिडियो सन्देशमार्फत बताएका छन् ।

    ‘देशका सातै प्रदेशमा पुगेर भेला सम्पन्न गर्दा हजारौं नागरिकले दिएका अधिकांश सल्लाहमा प्रदेश संरचनाको असन्तुष्टि व्यापक रूपमा देखेको छु । प्रदेश तहको अहिलेको संरचना राज्यकोषको दोहन गरेर राजनीतिक दलका दोस्र, तेस्रा, चौथो तहका नेता व्यवस्थापन गर्ने थलो बनाइएको देखिन्छ,’ उनले भनेका छन्,’ यही संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्यकोष दोहनमा सहभागी हुनुबाहेक केही होइन।

    प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं।’ कैयौं मानिस यसको खारेजी माग गरिरहेको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले यसको सुधार खोजेको रविले बताएका छन् ।

    रविको यो निर्णयले उनी संघीयताको विरोधमा रहेको प्रस्ट हुन्छ । जनतामा संघीयताप्रतिको विरोधको फाइदा लिन पनि उनले यो निर्णय गरेको विश्लेषण हुन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend