सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक बिशेष

एक्लै चुनाव लड्ने धमास दिने ओली हार्ने भएपछि राजेन्द्र लिङ्देनको शरणमा

एक्लै चुनाव लड्ने धमास दिने ओली हार्ने भएपछि राजेन्द्र लिङ्देनको शरणमा

  • मिडिया डबली
  • आइतवार, श्रावण २९ २०७९

  • 5.1K
    SHARES

  • एक्लै चुनाव लड्ने धमास दिने ओली हार्ने भएपछि राजेन्द्र लिङ्देनको शरणमा

    काठमाडौं - चुनावको मिति नजिकिएसँगै एमाले नेताहरूमा छटपटी बढेको छ, । पाँचदलीय गठबन्धन सिट बाँडफाँडमा लागेपछि एमाले नेताहरूमा छटपटी बढेको हो ।

    त्यसैले अहिले उनीहरू स–साना दलसँग गठबन्धन गर्ने मनस्थितिमा पुगेका छन् । तर, विगतमा एमालेले देखाएको रवैयाका कारण कसैले विश्वास गर्न सकेका छैनन् ।

    हिजोसम्म एमाले अध्यक्ष केपी ओली एक्लै चुनाव लड्ने र दुई तिहाइ ल्याउने धमास दिन्थे । अलि पछि एमालेले बहुमतसम्म ल्याउने दाबी गर्थे । तर, अहिले शीर्ष नेताहरू नै असुरक्षित भएपछि एमाले अध्यक्ष ओली नै गठबन्धन गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

    कतिसम्म भने वैचारिक–राजनीतिक रूपमा धेरै मत भए पनि एमालेले बाध्यात्मक गठबन्धनको विकल्पका रूपमा राप्रपासँग तालमेल गर्ने तयारी सुरु गरेको छ ।

    आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्ने विषयमा एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भएको छ । शुक्रबार साँझ बालकोटस्थित ओलीनिवासमा दुई अध्यक्षबीच करिब डेढ घन्टा छलफल भएको र सहकार्यका लागि दुवै सकारात्मक देखिएका छन् ।

    एमालेसँग सहकार्य गर्ने विषयमा थप छलफल गर्न राप्रपाले सोमबार कार्यसम्पादनको बैठकसमेत बोलाइएको छ । एमालेले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सकिने भनेर विकल्प खुला गरिसकेको छ । एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले गत स्थानीय चुनावमा एमालेले राप्रपाबाट फुटेर बनेको कमल थापा नेतृत्वको राप्रपा नेपालसँग सहकार्य गरेको थियो ।

    तर, केही स्थानमा भएको तालमेल प्रभावकारी नदेखिएपछि यसपटक ओली आफ्नै जिल्लावासी नेता लिङ्देन नेतृत्वको राप्रपातिर मोडिएका हुन् ।

    स्थानीय निर्वाचनको अंकगणितले झापामा ओली र लिङ्देन दुवैलाई सहकार्यविना चुनाव जित्न गाह्रो देखिएपछि उनीहरू वैकल्पिक गठबन्धनको गृहकार्यमा जुटेका हुन् ।

    ०७४ को प्रतिनिधिसभा निर्वाचनमा ओली झापा क्षेत्र नम्बर ५ र लिङ्देन क्षेत्र नम्बर ३ बाट उठेका थिए । ओलीको निर्वाचन क्षेत्रमा राप्रापाको राम्रो पकड छ । उता लिङ्देनका क्षेत्रमा कांग्रेसका तर्फबाट कृष्ण सिटौला उम्मेदवार थिए ।

    दुवैले सहज जित निकाल्न त्यतिवेला एक–अर्कालाई सघाएका थिए । तर, पछि राष्ट्रिय सभा चुनावमा एमालेलाई साथ नदिएको भन्दै ओली राप्रपासँग चिढिएका थिए । त्यही कारण स्थानीय निर्वाचनमा लिङ्देन छाडेर कमल थापासँग सहकार्य गर्न पुगेका थिए ।

    त्यसपछि ओलीको निर्वाचन क्षेत्र पर्ने दमकमा राप्रपा सत्तागठबन्धनसँग मिलेको थियो । उता लिङ्देनको निर्वाचन क्षेत्रभित्र पर्ने कचनाकवल गाउँपालिकामा राप्रपाविरुद्ध एमाले–कांग्रेसको अनौठो समीकरण बनिदियो । परिणाममा दमकमा एमाले हा¥यो, कचनाकवलमा राप्रपा । गत मंगलबार राप्रपा महामन्त्री कुन्ती शाही, केन्द्रीय सदस्य रेखा थापालगायत पनि ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

    राप्रपा नेतृ थापाका अनुसार त्यतिवेला पनि तालमेलका विषयमा लामै छलफल भएको थियो । शाही र थापाले अध्यक्ष ओलीलाई ठाउँविशेष तालमेलभन्दा पनि देशव्यापी गठबन्धन हुनुपर्नेमा जोड दिएका थिए ।

    राप्रपा नेतृ थापाका अनुसार एकजनाको जितका लागि मात्रै गठबन्धन हुनुको खास औचित्य छैन । एमालेभित्र राप्रपासँग ठाउँविशेष तालमेल गनुपर्ने धारणा छ । राप्रपामा भने अध्यक्ष लिङ्देनलाई जिताउने हकमा मात्रै तालमेल गर्न नहुने मत धेरै छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend