काठमाडौं - २०७४ को विजयादशमीका बेला सबै दशैं मनाउन आ–आफ्नै तयारीमा थिए । काठमाडौंमा भिडभाड थिएन । गाउँघरमा दशैंको रमझम चलिरहेको थियो ।
मंसिर १० र २१ गते निर्वाचनको मिति तोकिएकाले सबैको ध्यान मतदातासँग मत माग्न ध्यान केन्द्रित भइरहेका बेला एमाले र माओवादी केन्द्रका नेताहरू भने भूमिगत रूपमा वाम एकता गर्न क्रियाशील थिए ।
त्यसबेला पनि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार थियो । माओवादी सरकारमा सामेल थियो । तर, भित्रभित्रै माओवादी मन्त्रीहरू एमाले अध्यक्ष केपी ओलीसँग सघन वार्तामा थिए । र, वाम एकता गर्न दौडधूपमा लागेका थिए ।
तर, त्यसको केही सुइँको कांग्रेस नेता र सरकारमा बसेका पाएनन् । कतिसम्म गुप्तचर निकायले पनि यसबारे पत्तो पाएन । त्यसबेला वाम एकताको सूत्राधार एमाले नै थियो ।
एमाले र माओवादी मिलेर निर्वाचनमा जाने सहमति गरे । र, कांग्रेसलाई ठूलो धोका भयो । कांग्रेस र माओवादीबीच ६५–३५ को भागबन्डा मिलाउने भित्री तयारी थियो । तर, एमालेले प्रचण्डलाई ६०–४० को भागबन्डा दिने भनेर वाम एकता गरे र चुनावमा होमिए ।
एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने भित्री सहमति गरेका थिए । तर, अन्तिममा ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन चाहेनन् । साढे तीन वर्षपछि प्रचण्ड ओलीको साथ छाडेर नेपाली कांग्रेससँग मिल्न आइपुगे ।
अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, राजमोबीच गठबन्धन छ । तर, यो गठबन्धन एमालेका लागि सैह्य हुन सकेको छैन ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी मिलेको उसलाई औडाह छ । यो गठबन्धनलाई अपवित्र भन्न एमालेले छाडेको छैन । एक्लै चुनावमा जान्छु भन्ने एमाले अहिले भित्रभित्रै गठबन्धन टुटाउन लागिपरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।