आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पार्टी खोलिनसक्दै रवि लामिछाने माथि आइलाग्यो ठूलो आपत, लाग्यो यस्तो आरोप 

पार्टी खोलिनसक्दै रवि लामिछाने माथि आइलाग्यो ठूलो आपत, लाग्यो यस्तो आरोप 

  • मिडिया डबली
  • शनिवार, श्रावण २१ २०७९

  • 3.8K
    SHARES

  • पार्टी खोलिनसक्दै रवि लामिछाने माथि आइलाग्यो ठूलो आपत, लाग्यो यस्तो आरोप 

    काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारितापछि नेता बनेकाहरूले बलिदान दिएर लोकतन्त्र ल्याउने नेता-पार्टीको अपमान गरेको बताएका छन्। 

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका नेताहरूलाई लक्षित गर्दै उनले भाँड्ने काम भइरहेको बताएका हुन्। नेताहरूमाथि प्रयोग भएका शब्दहरूप्रति आपत्ति जनाउँदै उनले असन्तुष्टि व्यक्त गरे। 

    ‘अहिले त एउटा पत्रकार नचाहिने–नचाहिने काम गर्‍यो अनि एउटा जमातले साथ दियो भनेर पत्रकार नेता हुँ भनेर कुदेको छ,’ उनले भने,‘देशमा लोकतन्त्र ल्याउन बलिदान दिएर आएका, संघर्ष गरेर आएका, जेलनेल भोगेर आएका, अंगभंग भएर आएका, आफ्ना परिवारका सदस्य गुमाएर आएकाहरूलाई अपमान गरेको छ। सबलाई चोर भनेको छ। अलिकति शरम हुनुपर्दैन?’

    तानाशाहीविरूद्ध लड्दा बलिदान दिएका, अंगभंग भएका, परिवार गुमाएकाहरूको अपमान गरेको पनि उनले बताए। 

    ‘देशका लागि बलिदान, देशका लागि अंगभंग भएका छन्। हिजो तानाशाहीविरूद्ध लड्दा अंगभंग भएको छ। परिवारको सदस्य गुमाएको छ। काखका छोराछोरी गुमाएको छन्। आमा–बाबु गुमाएको छन्। टुहुरा–टुहुरी हुनुपरेको छ। श्रीमान गुमाएको छ। श्रीमती गुमाएको छ। हात–खुट्टा गुमाएको छ। स्वास्थ्य बिगारेको छ,’ उनले भने।

    यसरी लोकतन्त्र ल्याएका पार्टी तथा नेताहरूलाई अपमान गरेको उनले बताए।  ‘यसरी लोकतन्त्र ल्याएको नेताहरू पार्टीहरूलाई अपमान गरेको छ। तथानम बोलेको छ। कुसंस्कार, कुसंस्कृति, असभ्यता सिकाएको छ। यो सबै कुराहरूसँग हामी सतर्क हुनुपर्दछ। यो देश बिगार्ने, भाँड्ने तरिका हो। भडुवाहरूको तरिका हो। यस्ता भडुवाहरूसँग हामी सतर्क हुनुपर्छ,’ उनले भने। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend