बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

देउवाले गरे सन्यास लिने घोषणा, चौतर्फी खैलाबैला!  

देउवाले गरे सन्यास लिने घोषणा, चौतर्फी खैलाबैला!  

  • मिडिया डबली
  • शनिवार, आषाढ ३२ २०७९

  • 70.5K
    SHARES

  • देउवाले गरे सन्यास लिने घोषणा, चौतर्फी खैलाबैला!  

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाएर छाड्न चाहेको बताएका छन्। शनिबार पार्टी कार्यालयमा भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन्।
    ‘म पार्टी बलियो बनाएर छाड्न चाहन्छु। पार्टी बलियो बनाएर म रिटायर्ड हुने हो,’ देउवाले केन्द्रीय समिति बैठकमा भने। 

    कुनै बेला आफूलाई पार्टीको सदस्यबाट निकालेकाले मात्र आफूले अर्को दल गठन गरेको उनको भनाइ थियो। उनले शेखर कोइराला समूहलाई पनि साथमै लिएर जाने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। 

    ‘मलाई कुनै बेला पार्टीबाट साधारण सदस्यबाट निकालेको हो। त्यसकारण अप्रिय कदम चाल्न परो। अहिले त्यो अवस्था छैन। मेरो चाहना कांग्रेसलाई पहिलो र प्रिय बनाएर छाड्ने हो। म शेखरलाई पनि साथी लिएर जान्छु।’

    गठबन्धन कायम राखेर चुनावमा जानुपर्ने उनको धारणा छ। ‘प्रचण्डलाई गिरिजाबाबुले भारतबाट ल्याउनु भएको हो छोड्ने बेला भएको छैन,’ उनले भने, ‘माधव नेपाल पार्टी छोडेर आएका हुन्, उनलाई छोड्ने कुरा छैन।’

    कांग्रेस एक्लै चुनावमा गए पनि जित्न गाह्रो भएको उनको भनाइ थियो। ‘हामी एक्लै जित्दैनौँ, त्यसैले गठबन्धन गरौँ,’ आफू पार्टीमा जस्तोसुकै छलफल गर्न पनि तयार भएको समेत बताउँदै भने, ‘मैले कसैलाई नभेट्ने भनेको छैन, शेखर आउनुस् म भेट्छु, छलफल गर्छु। मैले कहिल्यै पार्टी प्यालेसमा किन भेला गरेको भनेर सोधेको छैन? अबदेखि चाहिँ यहीँ गर्नुस् भनेको हुँ।’

    पार्टीका भातृसंस्थामा नेतृत्व चयन गर्ने विषयमा आफूले छलफलका लागि महामन्त्री खोज्दा फोन नै नउठाएको उनको भनाइ छ। तर आफूलाई बैठकमा खेदिएको उनको धारणा थियो। ‘तरूण दल र नेविसंघ गठन गर्दा सोधेको हुँ। फोन चाहिँ उठाउनुस्। फोन उठ्दैन। फोन गरेर खोज्दा एउटा महामन्त्री कहाँ छु भन्छ, अर्को कहाँ? महामन्त्री खोजे भेटिँदैन। यहाँ रूघ्ने म मात्र भएँ। मलाई अहिले नदेखेद्नुस्।’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend