आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उपेन्द्रले कारबाही गरेपछि बाबुरामलाई नयाँ पार्टी खोल्न बाटो खुला

उपेन्द्रले कारबाही गरेपछि बाबुरामलाई नयाँ पार्टी खोल्न बाटो खुला

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ३१ २०७९

  • 3.3K
    SHARES

  • उपेन्द्रले कारबाही गरेपछि बाबुरामलाई नयाँ पार्टी खोल्न बाटो खुला

    काठमाडौं - जसपा अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेपछि डा.बाबुराम भट्टराईलाई नयाँ पार्टी खोल्न बाटो खुला भएको छ ।

    बिहीबार बीरगन्जमा जारी केन्द्रीय समिति बैठकले बाबुरामसहित नौजनालाई कारबाही गर्ने निर्णय गरेको हो । जसकारण जसपा दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ ।

    जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् । ‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं,’ जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ‘उपेन्द्र यादवले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही गर्नुहुन्छ भने उहाँसित सँगै बस्ने सबै विकल्प समाप्त भएका छन् ।’

    काठमाडौंमा बसेको जसपाको विस्तारित केन्द्रीय समितिको बैठकपछि आफूहरु यस्तो निष्कर्षमा पुगेको उनले बताए । पार्टीको नाम, चुनाव चिह्न, झण्डा र घोषणापत्रबारे शुक्रबारबाट गम्भीर छलफल सुरु हुने नेता सिंहले बताए ।

    सम्भवतः आगामी साता नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ । माओवादीबाट बाहिरिएपछि बाबुराम दोस्रोपटक नयाँ पार्टी खोल्ने अवस्थामा पुगेका हुन् । उनले यसअघि नयाँ शक्ति पार्टी खोलेका थिए । त्यो पार्टी संघीय समाजवादीमा एकता गर्दा अस्तित्व सकिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend