बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

केन्द्रीय समितिमा तथानाम बोल्नेलाई देउवाले दिए दनक, तेस्रो पटक सभापति बन्ने उद्घोष! 

केन्द्रीय समितिमा तथानाम बोल्नेलाई देउवाले दिए दनक, तेस्रो पटक सभापति बन्ने उद्घोष! 

  • मिडिया डबली
  • बुधवार, आषाढ २९ २०७९

  • 4.6K
    SHARES

  • केन्द्रीय समितिमा तथानाम बोल्नेलाई देउवाले दिए दनक, तेस्रो पटक सभापति बन्ने उद्घोष! 

    काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले केन्द्रीय सदस्य सञ्जय गौतमलाई थर्काएका छन्। बुधबार बैठकमा बोल्ने क्रममा गौतमले पार्टी विधान अनुसार नचलेको बताएपछि देउवा आक्रोशित बनेका थिए। 

    गौतमले विभागहरू गठन नभएको, भातृसंस्थाको नेतृत्व चयन नभएको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए। उनले गठबन्धन भनेर मात्र नहुने कांग्रेसले आफ्ना मतदाता पनि बढाउनुपर्नेसमेत बताएका थिए।

    ‘पार्टी विधानअनुसार सञ्चालन भएन। भातृसंस्थामा पनि नेतृत्व चयन र महाधिवेशन गरेर चुस्त बनाऔँ,’ बैठकमा गौतमले भने, ‘गठबन्धन मात्र भनेर मात्रै पनि हुँदैन। आफ्ना मतदाता पनि बढाउनुपर्छ।’

    गठबन्धन मात्र भनेर हिँड्दा कांग्रेस झन कमजोर हुने गौतमले पुनः दोहोर्‍याएपछि देउवा अझ आक्रोशमा आएका थिए। ‘त्यसो भए चुनाव जितरे आउनु परो नि त! बर्दियामा कांग्रेस हारेको हारेकै छ,’ देउवाले भनेका थिए। 

    यसपछि गौतमलाई रोक्दै देउवाले आफूसँग विधान संशोधनसम्म गर्ने शक्ति भएको बताएका थिए। ‘ठूला कुरा नगर्नुस्, विधान संशोधन गरेर तेस्रो पटक सभापति भइदिन्छु,’ गौतमतर्फ इंगित गर्दै सभापति देउवाले बताएका थिए। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend