बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

अर्थमन्त्रीको जाने भयो पद, देउवाले क्याविनेट बैठकमै थर्काए

अर्थमन्त्रीको जाने भयो पद, देउवाले क्याविनेट बैठकमै थर्काए

  • मिडिया डबली
  • मंगलवार, आषाढ २१ २०७९

  • 7.8K
    SHARES

  • अर्थमन्त्रीको जाने भयो पद, देउवाले क्याविनेट बैठकमै थर्काए

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जर्नादन शर्मासँग राजीनामा माग गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिन भनेका हुन् ।

    सोमबार संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सेटिङ गरेर बजेट ल्याएका अर्थमन्त्रीलाई नहटाएको भन्दै प्रधानमन्त्री देउवाको कडा आलोचना गरेपछि प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्माको राजीनामा मागेका हुन् ।

    कर प्रशासनभन्दा बाहिरका व्यक्तिबाट आर्थिक ऐन बनाएको आरोप लागेका अर्थमन्त्री शर्माले सिसिटिभि फुटेज दिन अस्वीकार गरेपछि प्रतिपक्षी दलका साथै सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समेत छानबिनमा सहयोग गर्न अर्थमन्त्रीले राजिनामा दिनु पर्ने बताएका थिए ।

    अनाधिकृत व्यक्तिले बजेट बनाएको आरोप लागेपछि नेकपा एमालेले संसदीय छानबिन हुनु पर्ने माग गर्दै आएको थियो । अर्थमन्त्रालयले सिसिटिभि फुटेज नदिएपछि अनाधिकृत व्यक्तिबाट बजेट बनाएको आरोप पुष्टी हुने आधार भएको भन्दै अर्थमन्त्री र प्रधानमन्त्रीको चौतफी आलोचना भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend