बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

चुनावमा एक्लै जाँदा पराजित हुने भएपछि ओलीले यतिसम्म गरेका रहेछन्, महन्थले खोलिदिए पोल

चुनावमा एक्लै जाँदा पराजित हुने भएपछि ओलीले यतिसम्म गरेका रहेछन्, महन्थले खोलिदिए पोल

  • मिडिया डबली
  • आइतवार, आषाढ १९ २०७९

  • 13.5K
    SHARES

  • चुनावमा एक्लै जाँदा पराजित हुने भएपछि ओलीले यतिसम्म गरेका रहेछन्, महन्थले खोलिदिए पोल

    काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले अहिलेको पाँचदलीय गठबन्धन तोड्न अनेक हर्कत गर्दै आएका छन् । तर, जतिसुकै उनले फन्डा निकाले पनि सत्तारुढ गठबन्धन टुट्ने संकेत देखिएको छैन ।

    कतिसम्म भने असार १७ गते सत्तारुढ गठबन्धन तोडिनेसम्मको उनले भविष्यवाणी गरे । तर, आज असार १९ गते भइसक्यो । कहीँकतै सत्तारुढ गठबन्धनका दलहरूबीच विमति देखिएको छैन ।

    बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा कसरी सरकारको नेतृत्व टुंग्याउने भन्नेमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाका शीर्ष नेताहरू जुटेका छन् ।

    यही बीचमा ओलीले वामदेव गौतममार्फत कम्युनिस्ट पार्टीबीच एकता गर्न नयाँ फन्डा अगाडि ल्याए । वामदेवको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियान गठन भयो । तर, सात दिनमै वामदेव सो पार्टीबाट निकालिए ।

    वामदेवले ओली र प्रचण्डलाई भेटेर कम्युनिस्टबीच एकता गर्न दबाब दिँदै आफू फेरि प्रधानमन्त्री बन्ने दौडमा सामेल भएपछि उनलाई अध्यक्षबाट बर्खास्त गरिएको हो । जतिजति निर्वाचनको दिन नजिकिँदै छ, त्यति त्यति ओलीको चलखेल बढिरहेको छ ।

    ओलीले गठबन्धन गरेर संघीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसमक्ष प्रस्ताव गरेको खुलेको छ । काठमाडौंमा जारी लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो विषयमा धारणा दिन पनि पार्टीका नेताहरूसँग राय मागेका छन् ।

    ‘ओलीजीले बोलाएर आगमी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्नु भएको छ, यसवारेमा पनि छलफल गर्न जरुरी छ,’ ठाकुर निकट एक नेताले भने । बालकोटस्थित ओली निवासमा दुई नेताबीच भेटघाट भएको बताइएको छ ।

    लोसपा अध्यक्ष ठाकुर भने अहिलेको सत्तारुढ गठबन्धनमा सामेल हुन खोजिरहेका छन् । ठाकुरले दुईदुईपटक प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट गरी सरकारमा सामेल गरिदिन आग्रह गर्दै आएका छन् ।

    तर, एमाले अध्यक्ष ओलीले भने ठाकुरलाई अझै पनि आफ्नो पार्टीसँग मिलेर जान अलमल्याइरहेका छन् । लोसपा र एमालेबीच कहीँकतै विचार र सिद्धान्त मिल्दैन । लोसपा र कांग्रेसबीच हरेक विषयमा कुरा मिल्ने गरेको छ । निर्वाचनमा पछारिने डरले ओलीले लोसपाको सहारा लिन खोजेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend