आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गरिबका पक्षमा देउवा सरकार, ५ लाख भूमिहिनलाई धनीपुर्जा वितरण गर्ने तयारीले खुसियाली 

गरिबका पक्षमा देउवा सरकार, ५ लाख भूमिहिनलाई धनीपुर्जा वितरण गर्ने तयारीले खुसियाली 

  • मिडिया डबली
  • सोमवार, जेठ ३० २०७९

  • 9.3K
    SHARES

  • गरिबका पक्षमा देउवा सरकार, ५ लाख भूमिहिनलाई धनीपुर्जा वितरण गर्ने तयारीले खुसियाली 

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ५ लाख परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्नेगरी काम भइरहेको बताएकी छन् । प्रतिनिधिसभामा आर्थिक बर्ष  २०७९–८० को सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमाथि सांसदहरुले  राखेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले कुल करिब १४ लाख परिवार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीमध्ये सुकुम्वासी आयोगले आगामी वर्ष ३०० स्थानीय तहका ५ लाख परिवारहरूलाई जग्गाधनी पूर्जा वितरण गर्ने र आगामी २ वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखी काम अगाडी बढाएको जानकारी गराएकी हुन् ।

    त्यस्तै उनले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको दीर्घकालीन समाधानको लागि राष्ट्रिय भूमि आयोग र जिल्ला समितिहरु गठन भई कार्य प्रारम्भ भैसकेको पनि पनि जवाफ दिएकी छन् ।

    त्यस्तै गरिव घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत २६ जिल्लाका गरिब परिवार पहिचान गरी, परिचयपत्र तयार भैसकेको र वितरणका लागि पठाइएको तथा थप २३ जिल्लाको गरिब घर परिवारको प्रारम्भिक सूची तयार भई गुनासो सुनुवाई कार्य सम्पन्न भइसकेको बताइन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ १४ २०७९०८:४६:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend