आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दल घोषणाको भोलिपल्टै रवि लामिछानेको पार्टीमा भाँडभैलो, के हो कारण?

दल घोषणाको भोलिपल्टै रवि लामिछानेको पार्टीमा भाँडभैलो, के हो कारण?

  • मिडिया डबली
  • बुधवार, आषाढ ८ २०७९

  • 4.7K
    SHARES

  • दल घोषणाको भोलिपल्टै रवि लामिछानेको पार्टीमा भाँडभैलो, के हो कारण?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेलाई ठूलो आपत आइलागेको छ। उनको पार्टी दर्ता नहुँदै लफडामा परेको छ।लामिछानेले पार्टी दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

    स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा रविको पार्टी दर्ता नगर्न उजुरी दिएको हो । एउटा समूह निवेदन लिएर आएको निर्वाचन आयोगका अधिकारीहरुले जनाएका छन् ।

    अभियानका संयोजक डम्बर साहुको हस्ताक्षरमा आयोगमा उजुरी दिईएको छ। उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गरिएको छ । रविले मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।

    साहुले दिएको उजुरीमा लेखिएको छ, ‘स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको  स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ ।’

    यस्तै गोकुल बाँस्कोटा विरुद्ध काभ्रेमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका मनोज पण्डित लगायतले पनि रविको पार्टी ‘स्वतन्त्र’नाममा दर्ता नगर्न भन्दै उजुरी दिएका छन्। काठमाडौं–८ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका सुमन सायमीले  रविको दलको जगै नभएको टिप्पणी गरेका छन्। उनले रविले जग नै नबनाइ घर बनाएको भन्दै व्यंग्य गरेका छन्। रविका दाजु हरिशरण लामिछानेले भने स्वतन्त्र पार्टीमा कहिलै आवद्ध नहुने बताइसकेका छन्।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend