आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

रवि लामिछानेले गरे स्वतन्त्र शब्दको ‘चिरहरण’, निर्वाचन आयोगले मान्यता नदिने

रवि लामिछानेले गरे स्वतन्त्र शब्दको ‘चिरहरण’, निर्वाचन आयोगले मान्यता नदिने

  • मिडिया डबली
  • बुधवार, आषाढ ८ २०७९

  • 4.8K
    SHARES

  • रवि लामिछानेले गरे स्वतन्त्र शब्दको ‘चिरहरण’, निर्वाचन आयोगले मान्यता नदिने

    काठमाडौं - पत्रकारिता छाडेर नयाँ राजनीतिक दल खोलेका रवि लामिछाने पार्टीको नाममा स्वतन्त्र शब्द राखेपछि उनको चौतर्फी आलोचना भएको छ ।

    लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका थिए । उनले निर्वाचन आयोगमा यही नाम राखेर दल दर्ताका लागि निवेदन दिएका छन् । तर, रविले दर्ताका लागि निवेदन दिएको पार्टीबारे संशय उत्पन्न भएको छ ।

    धेरैले रविले स्वतन्त्र शब्दको सेन्टिमेन्ट क्याच गर्न चिरहरण गरेको आरोप लगाएका छन् । एमाले केन्द्रीय सदस्य सूर्य थापाले आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्न नमिल्ने बताइसकेका छन् ।

    नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कानुनतः स्वतन्त्र उम्मेदवारी ब्यक्तिको सार्वभौम अधिकार हो। ब्यक्तिले दलमा लाग्दिन भनेर स्वतन्त्र रुपमा निर्वाचन लड्न र जितन पाउने गरि कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुन विपरीत हो। स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुने गरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्नु हुँदैन।’

    स्वतन्त्र भन्ने शब्द आफैंमा कसैप्रति संलग्न नभएको भनेर बुझिन्छ। अर्थात् चलनचल्तीमा भन्दा कुनै दलमा आवद्धता नभएको भनेर राजनीतिक क्षेत्रमा बुझिन्छ ।

    नेपालमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा एक महानगर र अन्य केही उपमहानगरमा राजनीतिक दल बेगरका उम्मेदवारहरुले स्वतन्त्ररुपमा उम्मेदवारी दिई निर्वाचित समेत भएका छन्। यही ‘सेन्टिमेन्ट’लाई ‘क्याच’ गर्न उनले पार्टीमा स्वतन्त्र थपेका हुन् ।

    स्वतन्त्र व्यक्तिहरुले स्वतन्त्र हुन पाउनेको अधिकारसमेत हनन् गरिएको भन्दै अब नेपालमा कोही पनि स्वतन्त्र हुन नपाउने भए भन्दै उनको आलोचना गरेका छन्। यही कारण पनि निर्वाचन आयोगले रविलाई पार्टीको नाम संशोधन गर्न आग्रह गर्ने बताइएको छ । स्वतन्त्र हुन स्वतन्त्र पार्टी किन चाहियो भन्दै उनका सहोदर दाजु हरिशरण लामिछानेले समेत कटाक्ष गरेका छन्।

    उनले राजनैतिक रुपमा उक्त पार्टीमा जीवनभर नलाग्ने घोषणासमेत गरिसकेका छन् । उनले रविको पार्टीले परिवारवाद निषेध गरिएकोप्रति अब उक्त पार्टीमा लाग्न जन्मकुण्डली हेराएर कोही नाता नपर्ने भए मात्रै लाग्नु भन्दै ब्यंग्य गरेका छन्।

    उनले आफूलाई पार्टीमा नआओस् भनेर रविले परिवारवाद निषेध गरेको आरोप समेत लगाएका छन्। पूर्वमन्त्री लोकेन्द्र विष्टले लामिछानेले दलको नाममा स्वतन्त्र शब्द जोडिएकोप्रति कटाक्ष गरेका छन्। उनले सामाजिक सञ्जालमा पार्टी पनि स्वतन्त्र ? भन्दै लामिछानेप्रति ब्यंग्य प्रहार गरेका छन्।

    निर्देशक मनोज पण्डितले आफू स्वतन्त्र उम्मेदवार भएको भन्दै रवि लामिछानेलाई समर्थन नगर्ने स्पष्ट पारिसकेका छन् । पण्डित काभ्रे २ बाट गोकुल बासकोटासँग प्रतिनिधिसभामा निर्वाचन उठ्ने घोषणा गरिसकेका छन् ।

    अबदेखि स्वतन्त्र उठ्ने उम्मेदवारले रवि लामिछानेको पार्टीको भन्ठान्ने भएको पनि उनलाई स्वतन्त्र शब्द निकै महँगो पर्न सक्ने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend