बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

दोस्रो शक्तिमा खुम्चिएपछि ओली बनाउँदैछन् यस्तो खतरनाक रणनीति

दोस्रो शक्तिमा खुम्चिएपछि ओली बनाउँदैछन् यस्तो खतरनाक रणनीति

  • मिडिया डबली
  • सोमवार, जेठ ३० २०७९

  • 4.7K
    SHARES

  • दोस्रो शक्तिमा खुम्चिएपछि ओली बनाउँदैछन् यस्तो खतरनाक रणनीति

    काठमाडौंं - हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले दोस्रो शक्तिमा खुम्चिएको छ । पाँच वर्षअघिको ठूलो दलको घमण्ड तोडिएपछि एमाले अध्यक्ष केपी ओली अहिले छटपटीमा परेका छन् ।

    निर्वाचन सकिएको ठीक एक महिनापछि एमाले चुनावी समीक्षामा जुटेको छ । पाँचदलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्दा ०७४ को विरासत गुमेपछि एमालेले समीक्षासहित आगामी निर्वाचनकेन्द्रित रणनीति तय गर्न सोमबार सचिवालय बैठक बोलाएको छ ।

    स्थानीय निर्वाचनको मतगणना भइरहेका बेला धाँधली भएको दाबी गरेको एमाले अन्तरघात नै हारको कारण भन्ने चरणमा पुगेको छ । अबको रणनीति बनाउन अध्यक्ष ओली विभिन्न औपचारिक–अनौपचारिक संयन्त्र र भेटघाटमा छन् ।

    स्रोतका अनुसार अहिले ओलीले पाँचदलीय गठबन्धन टुटाउन तीनवटा खतरनाक रणनीति तयार गरेका छन् । निर्वाचनमा पराजय व्यहोर्नुको कारणबारे ओलीले देशभरबाट आफैं सूचना संकलन गरेका छन् ।

    त्यसलाई आधार बनाएर पार्टीको आन्तरिक समीकरण र भूमिका हेरफेर गर्ने पहिलो रणनीति छ । एमालेले जसरी पनि जित्ने आकलन गरेका भरतपुर र पोखरा महानगरमै अन्तरघात भएपछि ओलीलाई झड्का लागेको छ । संघीय र प्रदेश निर्वाचनमा यस्तै प्रवृत्ति नदोहोरियोस् भनेर उनले पार्टी नेताहकै जिम्मेवारी हेरफेरसम्म गर्ने सोच बनाएका छन् ।

    अन्तरघात र नेतृत्वविरुद्धको अभिव्यक्ति कारबाहीको विषय हुन सक्छ भनेर ओलीले पार्टीको अनुशासन आयोगमार्फत स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न लगाएर अन्य नेतालाई पनि सन्देश दिन खोजेका छन् ।

    पृथ्वी सुब्बा गुरुङमाथि कारबाही हुने सम्भावना प्रबल छ । ओलीको अर्को रणनीति अहिलेको पाँचदलीय गठबन्धन जसरी पनि भत्काएर निर्वाचनमा जाने छ ।

    स्रोतका अनुसार ओलीले विभिन्न च्यानलमार्फत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय अध्यक्ष बाबुराम भट्टराईलाई समेत सन्देश पठाइसकेका छन् ।

    उनले एकीकृत समाजवादीका झलनाथ खनाल र माओवादीका नारायणकाजी श्रेष्ठलाई फकाउने प्रयत्न जारी राखेका छन् । दुवै नेता अहिलेको गठबन्धनसँग सन्तुष्ट छैनन् ।

    पाँचदलीय गठबन्धन भत्काउन नसके अन्य शक्तिलाई समेटेर तालमेलसहित निर्वाचनमा जाने ओलीको अर्को रणनीति छ । नेताहरूका अनुसार त्यसका लागि पनि विभिन्न तहमा अनौपचारिक कुराकानी भइरहेको छ । स्थानीय निर्वाचनमा लोसपा, राप्रपा नेपाल, राप्रपा, परिवार दल, जनमुक्ति पार्टीलगायतसँग विभिन्न ठाउँमा एमालेले तालमेल गरेको थियो ।

    संसदीय निर्वाचनमा पनि पराजय व्यहोर्नुपर्‍यो भने धेरै संवैधानिक पद गुम्न सक्ने भय ओलीमा छ । निर्वाचनपछि विपक्षमा बस्नुपरे एमालेले सरकारमात्र होइन, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख–उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष पनि गुमाउन सक्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend