काठमाडौं । आगामी मंसीरमा हुने प्रतिनिधिसभा निर्वाचनपछिको राजनीतिक कोर्सको आँकलन भइरहेको छ। चुनावपूर्व नै दुई पूर्व प्रधानमन्त्री (पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल)ले आफूलाई प्रधानमन्त्रीको अफर गरिएको भनेर राजनीतिक बजारमा मोलमोलाइ शुरू गरेका छन् ।
प्रधानमन्त्री कसले अफर गरेको भनेर उनीहरूले खुलाएका छैनन्, तर अर्को पक्षले भने अफर नगरिएको प्रस्टीकरण दिइरहेको छ । सरकारको नेतृत्व गरिरहेको, सत्ता गठबन्धनमा रहेको, प्रतिपक्षमा पुगेको र पहिलोपटक चुनाव फेस गर्दै गरेको सबै खालका राजनीतिक शक्तिले मंसिरको चुनाव र त्यसपछिको समीकरणको हिसाबकिताब गरिरहेका छन् ।
स्थानीय तह चुनावमा पाएको सीट संख्याका कारण मंसिरपछिको सत्ता समीकरणमा माओवादी निर्णायक मानिएको छ । नेकपा एमालेले औपचारिक रूपमा केही निर्णय गरेको छैन। कांग्रेसले भने मंसिरको चुनावमा यही गठबन्धन अगाडि बढ्ने बताएको छ । देउवा पनि माओवादी र गठबन्धनलाई सम्मानजनक हिस्सा दिन तयार रहेको कांग्रेस स्रोत बताउँछ ।
गठबन्धनको भविष्य र आगामी राजनीतिको विषयमा कुरा गर्दा माओवादीका नेताहरू आसन्न निर्वाचनमा वामपन्थी गठबन्धन बन्ने सम्भावना क्षीण रहेको बताउँछन् । चुनावको मिति घोषणा अगावै माओवादीले चुनावपछिको केही विषयमा सुनिश्चितता खोजेको छ ।
माओवादीले भने प्रचण्ड प्रधानमन्त्री, देउवा राष्ट्रपति हुनेगरी बार्गेनिङ सुरु गरेको छर। माओवादी भने चुनावपछिको पहिलो सरकारको नेतृत्व पाउनुपर्ने अडान सहित तालमेल गर्नुपर्ने पक्षमा देखिन्छ । २०७४ सालमै देउवाले ५ वर्षका लागि प्रधानमन्त्री दाबी गरिसकेको अवस्थामा आगामी चुनावपछि सरकारको नेतृत्व दाबी गर्नु राजनीतिक हुने माओवादीको तर्क छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।