शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

काठमाडौं महानगरमा कांग्रेसलाई ठूलो सफलता, एमाले क्लिन स्विप

काठमाडौं महानगरमा कांग्रेसलाई ठूलो सफलता, एमाले क्लिन स्विप

  • मिडिया डबली
  • मंगलवार, जेठ २४ २०७९

  • 10.2K
    SHARES

  • काठमाडौं महानगरमा कांग्रेसलाई ठूलो सफलता, एमाले क्लिन स्विप

    काठमाडौं । काठमाडौं महानगरको कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमाले क्लिन स्विप भएको छ। मंगलर भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका  ८ जना प्रतिनिधि निर्वाचित भएका छन्।

    नगरकार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका मिना सुनार, मिना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा समाजबादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भए।

    उनीहरुले क्रमशः ९९, ९९, ९७, ९७ र ९९ मत प्राप्त गरे। नेकपा एमालेकातर्फबाट उम्मेदवार बनेकी शर्मिला परियारले ६१, शारदा सुवेदीले ६१, शोभा कार्कीले ६१, हिरादेवी पोखरेलले ६० र हेराशोभा डंगोलले  ५९ मत प्राप्त गरे।  

    यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट नेपाली कांग्रेका उम्मेदवार बिनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादीका अनिता कार्की ढोली निर्वाचित भए।  उनीहरुले क्रमशः ९८, ९७ र ९५ मत प्राप्त गरे। नेकपा एमालेका उम्मेदवार केशव भुजेलले ६१, चन्द्रकला सुन्दासले ६१ र प्रेम पोडे पुजारीले ६२ मत प्राप्त गरे। निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै सदस्यले मतदान गर्नुभएको थियो ।  

    प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकोले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १६० भएको हो । निर्वाचन परिणामपछि महानगरको कार्यपालिका सदस्य संख्या ४२ भएको छ । यसमा प्रमुख र उपप्रमुख गरी २ जना, ३२ जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्य छन्। नर्वाचित जनप्रतिनिधिलाई बुधबार १ बजे प्रमाण पत्र वितरण गर्ने कार्यक्रम छ । 

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend