सुर्खेत । नेपाली कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी बनाउने भएको छ। यही क्रममा कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले जेठ २९ गते वीरेन्द्रनगरमा कर्णालीका आफ्ना उम्मेदवार र जनप्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
आज बसेको वैठकले कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा अध्यक्षरउपाध्यक्ष, मेयररउपमेयरमा विजयी भएका जनप्रतिनिधि तथा पराजित भएकालाई समेत राखेर अभिमुखिकरण र प्रशिक्षण गर्ने निर्णय गरिएको महामन्त्री कृष्णबहादुर रोकायाले जानकारी दिए ।
उक्त अभिमुखिकरण कार्यक्रम जिल्ला समन्वय समितिको हलमा बिहान साढे आठ बजे आयोजना गरिएको छ । उनीहरूलाई केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले प्रशिक्षीत गर्नेछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।