दाङ । नेपाली कांग्रेस बबई गाउँपालिका कार्य समितिले उपाध्यक्ष बमकुमारी खड्कासहित ६ जनालाई कारबाहीको गर्न जिल्ला कार्य समितिमा सिफारिस गरेको छ ।
उनीहरुले १५ जेठमा भएको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पार्टीभित्र अन्तरघात गरेको गाउँ समितिको ठहर छ ।
बबई गाउँपालिका उपाध्यक्ष खड्कासहित ६ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नु पर्ने गाउँ सिमितिको माग छ । स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकामा ३७ जना निर्वाचित मध्ये २० जना नेपाली कांग्रेस र १७ जना नेकपा एमालेका निर्वाचित भएका थिए ।
तर बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष खड्का सहित कांग्रेसबाट विजयी जनप्रतिनीधिले अर्को पार्टीका उमेद्वारलाई भोट हालेको आरोप छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।