आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

एमाले उपमेयरको पार्टी

एमाले उपमेयरको पार्टी

  • मिडिया डबली
  • शनिवार, जेठ १४ २०७९

  • 4.8K
    SHARES

  • एमाले उपमेयरको पार्टी

    काठमाडौं - स्थानीय तहको निर्वाचनको मत परिणाम करिब अन्तिम चरणमा पुगेको छ । अब दुई स्थानीय तहको नतिजा मात्र आउन बाँकी छ ।

    अहिलेसम्म नेपाली कांग्रेसले तीन सय २७ स्थानीय तह जित हात पारेको छ । मतगणना जारी रहेका एक स्थानीय तहमा पनि कांग्रेसले अग्रता लिएको छ ।

    कांग्रेसले तीन सय २८ स्थानीय तह जित्दै गर्दा उपप्रमुख भने धेरै जिताउन सकेन । कांग्रेसबाट हालसम्म तीन सय उपप्रमुख- उपाध्यक्ष निर्वाचित भएका छन् ।

    एक ठाउँमा अग्रता लिइरहेका छन् । यस आधारमा कांग्रेसबाट उपप्रमुखमा निर्वाचित हुनेको संख्या तीन सय नाघ्ने देखिन्छ ।

    पहिलोबाट दोस्रोमा झरेको एमालेले हालसम्म दुई सय पाच स्थानीय तह जितेको छ । अघिल्लो निर्वाचनमा एमाले दुई सय ९८ स्थानीय तहमा विजयी भएको थियो ।

    अघिल्लो निर्वाचनको तुलनामा एमालेले ९३ स्थानीय तह गुमाउने देखिन्छ । तर, एमालेबाट उपप्रमुखमा निर्वाचित हुनेको संख्या भने धेरै छ ।

    एमालेबाट हालसम्म दुई सय ३५ उपप्रमुख र उपाध्यक्ष जितिसकेको छ । अन्तिम मत परिणाम आउँदा एमालेले दुई सय ३९ उपप्रमुख जित्ने देखिन्छ । 

    प्रमुखभन्दा बढी उपप्रमुख जितेकाले पनि एमालेलाई अहिले उपमेयरको पार्टी भनेर भन्न थालिएको छ । महानगर र उपमहानगरमा पनि एमालेबाट कांग्रेसका भन्दा पनि बढी एमालेका उपमेयर निर्वाचित भएका छन् ।

    पोखरा, ललितपुर र विराटनगरमा एमालेबाट उपमेयर निर्वाचित भइसकेका छन् । काठमाडौंमा पनि एमालेकै सुनिता डंगोल उपमेयर निर्वाचित भएर्की छन् ।

    कांग्रेसले वीरगन्ज र भरतपुर महानगरमा उपमेयर जितेको छ । ११ उपमहानगरमा बहुमत उपमेयर एमालेकै आएका छन् । घोराही, बुटवल, तुलसीपुर, जितपुर सिमरा, कलैया, धरानमा एमालेबाट उपमेयर निर्वाचित भएका छन् ।

    नगरपालिका र गाउँपालिकामा पनि एमालेका उपमेयर र उपाध्यक्ष बढी आएका छन् । सोही कारण यसपटक एमाले दोस्रो पार्टीमा सीमित हुन पुगेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ३ २०७९११:२२:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend