काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी हुने निश्चित भएको छ। मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित हुने पक्का भएको छ।
काठमाडौंको नतिजाले एमालेलाई ठूलो धक्का दिएको छ। नेताहरु पश्चातापमा डुब्न थालेका छन् । एमालेका तर्फबाट उपमेयर बन्दै गरेकी सुनिता डंगोललाई पार्टी प्रवेश गराएर गल्ति गरेको ठहर उनीहरुको छ।
‘मिस नेवा २०११’ की विजेता समेत रहेकी सुन्दरी डंगोलले स्थानीय तह निर्वाचन अघि मेयरमा स्तवन्त्र उम्मेदवारी घोषणा गरेकी थिइन्। कुनै दलसँग कुरा नमिले स्वतन्त्र भएपनि मेयरमा उठ्ने उनको तयारी थियो।
तर एमालेले उपमेयर लड्न उनलाई पार्टी प्रवेश गराएको थियो। उनको प्रवेशले एमालेलाई धक्का लागेको छ। एमालेका नेताहरु सुनितालाई स्वतन्त्र वा अन्य कुनै दलबाट मेयरमै लड्न दिएको भए बालेन र उनको मत विभाजन भएर एमाले जित्ने निस्कर्षमा पुगेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।