काठमाडौं - काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी परेको छ।
उनले शैक्षिक प्रमाणपत्र ढाँटेर महानगरपालिकाको सहरी योजना आयोगमा जागिर खाएको भन्दै अख्तियारमा उजुरी परेको हो। उनले योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिएर ५ वर्षको तलबभत्ता लिएकी थिइन्।
नक्कली प्रमाणपत्र पेश गरेर डंगोलले भ्रष्टाचार गरेको भन्दै १६ बैशाखमा कारबाहीको माग गर्दै अख्तियारमा उजुरी परेको हो।
हेर्नुहोस् उजुरी


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।