आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

डंगोल अयोग्य उम्मेदवार भन्‍ने थाहा पाएपछि एमालेमा उत्पात, उम्मेदवारी नै खारेज हुन् सक्ने !

डंगोल अयोग्य उम्मेदवार भन्‍ने थाहा पाएपछि एमालेमा उत्पात, उम्मेदवारी नै खारेज हुन् सक्ने !

  • मिडिया डबली
  • बिहिवार, बैशाख २२ २०७९

  • 24.6K
    SHARES

  • डंगोल अयोग्य उम्मेदवार भन्‍ने थाहा पाएपछि एमालेमा उत्पात, उम्मेदवारी नै खारेज हुन् सक्ने !

    काठमाडौं- नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरको उम्मेदवारी दिएकी सुनिता डंगोलले स्थानीय निर्वाचन ऐनको उल्लंघन गरेको पाइएको छ।

    स्थानीय निर्वाचन ऐन २०७३ अनुसार नेपाल सरकारबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको अवस्थामा स्थानीय निर्वाचनका लागि उम्मेदवार हुन अयोग्‍य रहने उल्लेख छ।

    ऐनले अयोग्य ठहर गरेको डंगोलले भने उम्मेदवारी दर्ता गराएर ऐन कानुन पालना गर्ने र महानगरलाई समृद्ध बनाउने सपना बाँड्दै घरदैलोमा जुटिरहेकी छन्।

    उनी हाल पनि नेपाल टेलिभिजनको जागिरे नै रहेको पाइएको छ। उनले नेपाल टेलिभिजनमा चिल्ड्रेन क्लब भन्‍ने कार्यक्रम सञ्‍चालन गर्ने गरेकी छन्। उनको पछिल्लो कार्यक्रम वैशाख १० गते प्रसारण भएको पाइएको छ।

    वैशाख १२ गते उम्मेदवारी दर्ता गराएकी डंगोलले नेपाल टेलिभिजनमा भने राजीनामा दिएकी छैनन्। सरकारी प्रसारण संस्थामा बहाल रहेकै अवस्थामा कुनै पनि उम्मेदवार योग्‍य नहुने बताइएको छ। स्थानीय निर्वाचन ऐनको दफा १३ को (ग) मा भनिएको छ,'नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको' व्यक्ति उम्मेदवारका लागि अयोग्य हुने उल्लेख गरिएको छ।

    डंगोलले नेपाल टेलिभिजनमा राजीनामा नदिएकै अवस्थामा उम्मेदवारी दिएका कारण उनी अयोग्य भएकोले उजुरी परेको अवस्थमा उनको उम्मेदवारी नै खारेज हुने निर्वाचन आयोगले जनाएको छ।

    ऐनले अयोग्य भनेको व्यक्तिले फेरि पनि उम्मेदवारी दर्ता गराउँछ भने त्यस्तो व्यक्ति त कानुनी कारबाहीको भागेदार हुने र उम्मेदवारी नै खारेज हुने आयोगका एक उच्च अधिकारीले जानकारी दिएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ४ २०७९११:२९:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend