दाङ । स्थानीय तह निर्वाचन २०७९को दाङमा स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ९ स्थानीय तहको नतिजा ्सार्वजनिक भइसकेको छ भने एक स्थानीय तहको मतगणना जारी छ । दाङमा काग्रेस पहिलो शक्ति बनेको छ ।
सार्वजनिक भएको नतिजा अनुसार जिल्ला समन्यन समितिमा नेपाली कांग्रेस एक्लैले बनाउने देखिएको छ। १० स्थानीय तहमा कांग्रेस पहिलो बन्दै अहिलेसम्म १२ जना प्रमुख–उपप्रमुख जितेको छ । १२ प्रतिनिधि जितेको कांग्रेससँग समन्वय समिति गठनका लागि प्रष्ट बुहमत देखाएको छ । तुलसीपुर उपमहानगरपालिकाको अन्तिम मतपरिनाण आउन बाँकी रहदै कांग्रेस जिल्लामा स्पष्ट बहुमतमा देखिएको हो । र पहिलो शक्तिको रुपमा कम्ब्याक भएको छ ।
कांग्रेस बबई गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, शान्तिनगर गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष, दंगीशरण गाउँपालिकामा अध्यक्ष– उपाध्यक्ष, राजपुर गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष, लमही नगरपालिकामा नगरप्रमुख–उपप्रमुख जितेको छ । त्यसैगरी बंगलाचुली गाउँपालिकामा उपाध्यक्ष र गढवा गाउँपालिकामा उपाध्यक्ष जितेर नेपाली कांग्रेस दाङमा बहुमतमा देखिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।