बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओली जहाँ जहाँ गएर भाषण गरे ती सबै ठाउँमा एमाले पत्तासाफ

ओली जहाँ जहाँ गएर भाषण गरे ती सबै ठाउँमा एमाले पत्तासाफ

  • मिडिया डबली
  • शनिवार, जेठ ७ २०७९

  • 14.2K
    SHARES

  • ओली जहाँ जहाँ गएर भाषण गरे ती सबै ठाउँमा एमाले पत्तासाफ

    काठमाडौं - यसपटक नेपाली कांग्रेस पाँचदलीय गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको थियो । गठबन्धनले देशका दुई सय स्थानीय तहमा मात्र तालमेल गरेका थिए ।

    अन्य स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा गरेका थिए । एमाले भने भुरेटाकुरे १० वटा दलसँग तालमेल गरेर चुनावमा होमिएको थियो । एमाले अध्यक्ष केपी ओली एक्लै विभिन्न जिल्लामा चुनावी सभामा भाषण गर्न पुगेका थिए ।

    उनी जहाँ जहाँ गएर चुनावी सभामा भाषण गरे, ती सबै ठाउँमा एमालेले पराजय बेहोरेको छ । ओली विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौंडा, पोखरा, भरतपुर, बुटवल, धनगढी, महेन्द्रनगर जस्ता ठूलो सहरमा चुनावी सभामा पुगेका थिए । तर, उनी गएका सहरमा एमालेले कतै पनि चुनाव जितेको छैन ।

    पोखरा, धरान, जनकपुर, वीरगन्ज, भरतपुरको मत परिणाम आउन बाँकी छ । यी स्थानीय तहमा पनि एमालेले चुनाव जित्न सकेन । स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

    अहिलेसम्म झन्डै सात सय स्थानीय तहको नतिजा आइसकेको छ । मत परिणामअनुसार कांग्रेसले तीन सय ६ स्थानीय जितेर आफूलाई पहिलो दलका रूपमा उभ्याएको छ ।

    अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसले दुई सय ६६ स्थानीय तह जितेर दोस्रो दलमा झरेको थियो । यसपटक अघिल्लो निर्वाचनको पहिलो दल एमालेलाई दोस्रोमा झार्दै कांग्रेस पहिलो दल बन्न सफल भएको छ ।

    सात सय ५३ मध्ये कांग्रेस एक्लैले जितेको स्थानीय तह एमाले र माओवादी केन्द्रको जोड्दा जति पुगेको छ । यसपटक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझ निर्णयका कारण दुई सय स्थानीय तहमा भए पनि गठबन्धनबीच तालमेल भएको थियो । जसले कांग्रेसलाई धेरै फाइदा पुग्न गयो ।

    भलै कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका केही स्थानीय तह गुमाए पनि अघिल्लो एमालेले जितेका स्थानीय तहको रेकर्डलाई कांग्रेसले यसपटक ब्रेक गरेको छ ।

    कांग्रेसले अहिलेसम्म देशभर ४४ प्रतिशत स्थानीय तहमा जित हासिल गरेको छ । यो नतिजाले कांग्रेसलाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जान निकै सहज भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend