काठमाडौं - स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले एमालेको रेकर्ड तोडेको छ। २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले ७५३ मध्ये २९४ स्थानीय तह जितेको थियो ।
यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले एमालेको पुरानो रेकर्ड ब्रेक गर्दै २९६ स्थानीय तह जितेको छ । शुक्रबार अपरान्हसम्मको तथ्यांकमा कांग्रेसले नगरपालिका तथा उपमहानगर पालिका प्रमुखमा ११२ र गाउँपालिका अध्यक्षमा १८४ पद जितेको हो ।
२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले २६७ स्थानीय तहमात्र जितेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।