शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसले जित्यो २०० स्थानीय तह, एमाले हेरेको हेर्यै

कांग्रेसले जित्यो २०० स्थानीय तह, एमाले हेरेको हेर्यै

  • मिडिया डबली
  • बुधवार, जेठ ४ २०७९

  • 5.3K
    SHARES

  • कांग्रेसले जित्यो २०० स्थानीय तह, एमाले हेरेको हेर्यै

    काठमाडौं-  स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुने मतपरिणामले देखाएको छ ।

    बुधबार बिहान १० बजेसम्मको परिणामअनुसार कांग्रेसले २ सय १ स्थानीय तहमा विजय हासिल गरेको छ । ४ सय ३१ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले २ सय १ स्थानीय तहमा जित हासिल गरेको हो ।

    कांग्रेसले १ सय २० स्थानीय तह मा अग्रता कायमै गरिरहेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी पालिका जितेको एमाले भने दोस्रो स्थानमा झर्ने देखिएको छ ।

    एमालेले यो समाचार तयार पार्दासम्म १ सय २२ स्थानीय तहमा जित हासिल गरेको छ । एमालेले ७५ स्थानीय तहमा अग्रता लिइरहेको छ।

    माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादीले ८४ स्थानीय तहमा जित हासिल गरेको छ भने ३१ स्थानीय तहमा अग्रता लिइरहेको छ । एकीकृत समाजवादीले ७ स्थानीय तहमा जित निकालेको छ ।

    उसका उम्मेदवारले १४ स्थानीय तहमा अग्रता लिइरहेका छन् । जनता समाजवादी पार्टीले ५ स्थानीय तहमा जित निकाल्दा २८ स्थानीय तहमा अग्रता लिइरहेको छ ।

    लोकतान्त्रिक समाजवादी पार्टीले भने १० स्थानीय तहमा अग्रता लिइरहेको छ । स्वतन्त्र र अन्य राजनीतिक दलका उम्मेदवारहरूले १२ स्थानीय तहमा जित हासिल गरेका छन् भने १६ स्थानीय तहमा अग्रता लिइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend