शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
स्थानीय तह निर्वाचन

काठमाडौंमा एमाले क्लिन स्विप हुने बाटोमा, कांग्रेसलाई धेरै ठूलो सफलता

काठमाडौंमा एमाले क्लिन स्विप हुने बाटोमा, कांग्रेसलाई धेरै ठूलो सफलता

  • मिडिया डबली
  • मंगलवार, जेठ ३ २०७९

  • 6.6K
    SHARES

  • काठमाडौंमा एमाले क्लिन स्विप हुने बाटोमा, कांग्रेसलाई धेरै ठूलो सफलता

    काठमाडौं - काठमाडौंमा एक महानगरपालिकासहित १० स्थानीय तह छन् । तीमध्ये तीनवटाको परिणाम आइसकेको छ । तीनवटैमा कांग्रेसले विजयको झन्डा गाडेको छ ।

    विगतमा एमालेले जितेको काठमाडौं महानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । मंगलबार बिहानसम्म काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजार मतसहित अग्रता लिएका छन् ।

    एमालेका केशव स्थापित र कांग्रेसका सिर्जना सिंह पछि परेका छन् । अघिल्लो निर्वाचनमा काठमाडौंको कीर्तिपुर र तारकेश्वर नगरपालिका एमालेले जितेको थियो ।

    यसपटक कांग्रेसले एमालेसँग ती स्थानीय तह खोसेको छ । यसअघि जितेको दक्षिणकालीमा कांग्रेसले फेरि पनि जीत निकालेको छ ।

    तारकेश्वरमा कांग्रेस उम्मेदवार कृष्णहरि महर्जन मेयर बनेका छन् । कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मीले एमाले उम्मेदवारलाई भारी मतान्तरले हराएका छन् ।

    टोखा, नागार्जुन, चन्द्रागिरी र कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । बुढानिलकण्ठ र गोकर्णेश्वर नगरपालिकामा एमालेले झिनो अग्रता लिइरहेको छ ।

    ती दुई स्थानीय तहमा पनि कांग्रेसले जित्यो भने काठमाडौंमा एमाले क्लिन स्विप हुने सम्भावना धेरै छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend