खोटाङ । खोटाङको साकेला गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रविप्रकाश राई १ हजार ८५० मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्धर्पी माओवादी केन्द्रका नेता गाउँपालिकाका निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्काले १ हजार ७७२ मत ल्याए।
उपाध्यक्षमा भने माओवादी केन्द्रका बिर्सिका राईले २ हजार १२ मत ल्याएर विजयी भइन्। कांग्रेसकी सरिता खड्काले १ हजार २२४ मत पाइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।