बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

गठबन्धन गर्नु देउवाको सुझबुझपूर्ण निर्णय

गठबन्धन गर्नु देउवाको सुझबुझपूर्ण निर्णय

  • मिडिया डबली
  • सोमवार, जेठ २ २०७९

  • 5.4K
    SHARES

  • गठबन्धन गर्नु देउवाको सुझबुझपूर्ण निर्णय

    काठमाडौं - देशभरबाट स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्मको नतिजा हेर्दा नेपाली कांग्रेस ठूलो पार्टी बन्ने पक्का भएको छ ।

    कांग्रेस अघिअघि एमाले पछिपछि छ । माओवादी केन्द्र तेस्रो पार्टी बन्ने बाटोमा छ । चुनावी नतिजा आउन अझै एक साता लाग्ने देखिए पनि प्रारम्भिक परिणामले कांग्रेसले यसपटक आफूलाई जबर्जस्त ‘कम ब्याक’ गराउन सफल भएको छ ।

    जसमा प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझ महत्वपूर्ण मानिएको छ । पहिलो दल बनेर आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा जान कांग्रेसलाई धेरै सजिलो भएको छ ।

    अघिल्लो निर्वाचनमा पराजित भएर जाँदा कांग्रेसले सोचे जस्तो नतिजा हात पारेको थिएन । तर यसपटक भने कांग्रेसले गठबन्धन नै गरे पनि आफू ठूलो दल बन्ने र सरकार बनाउन पुग्ने जनमतसहित तालमेल गर्नुपर्ने धेरैको भनाइ छ ।

    अघिल्लो निर्वाचनमा पनि कांग्रेसले राम्रै मत हासिल गरेको हो । त्यसबेला एमाले अध्यक्ष केपी ओलीको बोलवाला हुँदा पनि कांग्रेसले दुई सय ६६ स्थानीय तह जितेको थियो ।

    ठूलो पार्टी बनेको एमालेले दुई सय ९८ स्थानीय तह जितेको थियो । यसपटक कांग्रेसले करिब तीन सय स्थानीय तह जित्ने प्रक्षेपण गरिएको छ । कांग्रेसको यो सफलतामा पाँचदलीय गठबन्धन पनि कारक भएको सबैले विश्लेषण गरेका छन् ।

    हिजो चुनावमा एक्लै जानुपर्छ भन्ने कांग्रेसका केही नेताहरू पनि देशव्यापी रूपमा कम्युनिस्टहरूसँग जुध्न गठबन्धन गर्नु सही भएको निष्कर्षमा पुगेका छन् ।

    यदि कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग गठबन्धन नगरेको भए एमालेले तालमेल गर्ने रहेछ भन्ने त चुनावी मत परिणामले नै पुष्टि गरेको छ ।

    यसपटकको निर्वाचनमा माओवादीले फेरि आफूलाई तेस्रो शक्तिका रूपमा उभ्याएको छ । माओवादीलाई माइनस गरेर अघि बढ्न कांग्रेस र एमालेलाई त्यति सहज छैन ।

    किनभने अहिले माओवादीले कांग्रेस र एमालेसँग प्रतिस्पर्धा गरेरै धेरै स्थानमा जित हात पारेको छ । स्थानीय तहको मत परिणामले कांग्रेस ठूलो दल भएसँगै कम्युनिस्टबीच चाँडै तालमेल हुने धेरैको आशंका पनि छ ।

    किनभने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अस्थिर चरित्रले नेपालको राजनीतिलाई पनि प्रभाव पार्दै आएको छ । प्रचण्डको त्यही अस्थिर चरित्रलाई एमाले अध्यक्ष केपी ओलीले दुनो सोझ्याउने अवसर पाउने अवस्था पनि छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend