काठमाडौं - काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । १४ हजार मतगणना गर्दा स्वतन्त्र उमेदवार बालेन शाह २,९६४ मतान्तरले अगाडि छन् ।
शाहले गनिएको १४ हजार मतमध्ये ६ हजार २०७ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार २४३ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८८५ मत पाइन् । अहिलेसम्म काठमाडौंको वडा नम्बर १, २, ३, ४, ५, ३१ र ३२ नम्बर वडाको मत गणना भयो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।