काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मतदान गर्ने वडामा कांग्रेसले कब्जा गरेको छ।
प्राप्त अन्तिम नतिजा अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा कांग्रेसका प्रदीप कार्कीसहित सिङ्गो प्यानल विजयी भएको हो ।
उनले एक हजार ५११ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले)का विश्वराज बिष्टले १ हजार ३०५ मत पाएको निर्वाचन अयोगले जनाएको छ ।
वडा सदस्यहरूमा कांग्रेसका जनार्दन खड्का, भगत रानाभाट, कल्पना खतिवडा र रन्जना त्रिखत्री विजयी भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।