काठमाडौं - बागलुङका तमानखोला गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा जोकलाल बुढा विजयी भएका छन्।
यस्तै उपाध्यक्षमा पनि कांग्रेसले नै बाजी मारेको छ। उपाध्यक्षमा हिरा कुमारी छन्त्याल निर्वाचित भएकी छन्। अन्तिम मतपरिणाम अनुसार २ हजार ७०७ मत ल्याएर बुढा अध्यक्षमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका देवबहादुर पुनले १ हजार ९९५ मत प्राप्त गरे। यस्तै उपाध्यक्षमा निर्वाचित छन्त्यालले २ हजार ७६८ मत प्राप्त गरेकी छन्। उनकी निकटतम प्रतिस्पर्धी माओवादीकी निशु रसाइलीले १ हजार ९५८ मत प्राप्त गरेकी छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।