काठमाडौं - हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्ण बहादुर रावल निर्वाचित भएका हुन् ।
कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार रहेका रावलले १ हजार ८१० मत ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाशबहादुर शाहीले १ हजार १९५ मत पाएका छन् ।
रावल यसअघि पनि गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह विजयी भएका छन् ।
उनले १ हजार ८७२ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत पाएका छन् । खार्पुनाथका पाँचवटै वडामा गठबन्धन निर्वाचित भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।