शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

११ पालिकाको नतिजा आयो, कांग्रेसले कति पालिका जित्यो ?

११ पालिकाको नतिजा आयो, कांग्रेसले कति पालिका जित्यो ?

  • मिडिया डबली
  • शनिवार, बैशाख ३१ २०७९

  • 8.9K
    SHARES

  • ११ पालिकाको नतिजा आयो, कांग्रेसले कति पालिका जित्यो ?

    काठमाडौं - स्थानीय तहको निर्वाचन–२०७९ मा १२ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। यीमध्ये ५ वटा पालिका नेकपा एमालेले अध्यक्ष पद जित्दा नेपाली कांग्रेसले पनि ४ पालिकामा जित हासिल गरेको छ।

    एकीकृत समाजवादी २ पालिकामा निर्विरोध निर्वाचित भएको छ। नेकपा माओवादीले १ पालिकामा जित हासिल गरेको छ। डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारासिंह रोकायले विजयी भएका छन्।

    उनले ७७० मत पाएर मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याएका छन्। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार रिङजीन नामगेल गुरुङ विजयी भएका छन्।

    उनी ८ सय ७६ मतसहित निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आङ्जेन गुरुङले ५ सय ७७ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा पनि नेकपा एमालेकै ढिकी गुरुङ निर्वाचित भएकी छिन्।

    उनले नेपाली कांग्रेसकी धेच आङमो गुरुङलाई पछि पार्दै विजयी भएकी हुन्। ढिकीले ७ सय ४९ मत प्राप्त गर्दा आङमोले ६ सय ७७ मत पाएकी छन्। मनाङको चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले दोस्रो पटक निर्वाचित भएका छन्। ६१० कुल मत खसेकोमा उनले ३२० मत प्राप्त गरेका थिए।

    उक्त गाउँपालिकाको उपाध्यक्ष पदमा भने कांग्रेसले नै जितेको छ। मुस्ताङको लो(घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा समाजवादीका देवबहादुर गुरुङ १८५ मत प्राप्त गरेका छन्। २०७४ मा विष्ट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए।

    मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। अध्यक्षका एमाले उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन्। अध्यक्षका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ ९घले० ७ सय १३ मत ल्याएका छन्। कान्छा यसअघि पनि अध्यक्ष थिए। उपाध्यक्षमा एमाले समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७ सय ४४ मत ल्याएर विजयी भएका छन्। कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याएका छन्।

    राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले १ मत ल्याएका छन्। मनाङमा सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशतमात्रै मत खसेको थियो। डोल्पाको से फोक्सुण्डो गाउँपालिकामा यसअघिनै एमालेका टसी तुण्डुप गुरुङ निर्विरोध निर्वाचित भइसकेका छन्। यसैगरी मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामाले जितेका छन्। १५८ मतसहित लामा गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्।

    उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले १११ मत प्राप्त गरे। कुल खसेको ३०४ मतमध्ये ३५ मत बदर भएको छ। उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका थिए। ०७४ सालको निर्वाचनमा उक्त गाउँपालिकामा नेपाली कांग्रेसले निर्विरोध जित हासिल गरेको थियो। मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहन सिंह लालचन विजयी भएका छन्। लालचनले एमालेका सञ्जयकुमार थकालीलाई २ मतको झिनो अन्तरले पराजित गरेका थिए।

    लालचनले ७६० मत ल्याउँदा थकालीले ७५८ मत ल्याएका थिए। अघिल्लो निर्वाचनमा नेकपा एमालेका आसबहादुर थकाली निर्वाचित भएका थिए। उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगरले जितेकी छिन। उनले ६ सय ९३ ल्याउँदा एमालेकी मिमकुमारी शेरचनले ६ सय १८ मत ल्याएकी छन्।

    मनाङको नासो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार धनबहादुर गुरुङ विजयी भएका छन्। नेकपा एमालेका उमेदवार मनबहादुर गुरुङलाई पराजित गर्दै धनबहादुर विजयी भएका हुन्। विजयी भएका गुरुङले ८२० मत ल्याएका छन्।

    उनका निकटतम प्रतिस्पर्धी बनेका एमालेका मनबहादुरले ६४६ मत पाए। यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका वेदबहादुर गुरुङ विजयी भएका छन्। उनले ९१३ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार अर्भिन गुरुङले ४९६ मत ल्याएका छन्।

    डोल्पाको काइके गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका अंगद कुमार राना निर्विरोध हुँदा डोल्पाकै छर्का ताङसोङ गाउँपालिकामा नेकपा एकीकृत समाजवादीकै सोनाङ गुरुङ निर्विरोध भएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend